
२२ फागुन, प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को ट्रेलर सार्वजनिक गरिएको छ । २७ घन्टामा जंगलमा पुगेका केही पात्रहरुको जीवनमा हुने घटनालाई यो फिल्मले हरर शैलीमा देखाएको छ ।
भीएफएक्सबाट बनाइएका केही डरलाग्दा दृश्यहरु पनि यो चलचित्रको ट्रेलरमा समावेश गरिएको छ । यो चलचित्रको प्रोस्टप्रोडक्शन अहिले भारतको हैदराबादमा भैरहेको छ । चलचित्रलाई दीपक लम्सालले निर्माण गरेका हुन् ।
वुटवल, पाल्पा, भारतको मुम्बइमा छायांकन गरिएको यो चलचित्रमा दीपक लम्साल, सिद्धु पुजारी, सारिका घिमिरे, मधु घिमिरेको मुख्य भूमिका छ । फोटोग्राफी पढ्ने केही व्यक्तिहरुले अनुसन्धानका क्रममा एक जंगलमा २७ घन्टाविच भोगेका कुरालाई चलचित्रमा देखाइएको छ ।
साभारः अनलाइन खबर
Milan Shrestha । २२ फाल्गुन २०७२, शनिबार ०६:३४ बजे