१५ चैत्र, सुर्खेत । चलचित्र विकास बोर्डले कर्णालीमा पहिलो पटक सम्पादन कार्यशाला आजदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरु गरेको छ ।
बोर्डमा कर्णालीमा रहेका चलचित्र बृतचित्र तथा छोटो चलचित्रहरुको सम्पादनकालागि कार्यशाला आजदेखि शुरु गरेको हो । कलाकार यामनारायण आचार्य, चन्द्र मन्दिर, गीतकार महेन्द्रकुमार मल्ल नृत्य निर्देशक कुलमान नेपाली तथा वरिष्ठ कलाकार प्रेमदेव गिरीले संयूक्तरुपमा चलचित्र छायाँङ्कनका बेला शुरु गरिने कृयाकलाप गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरुले कर्णालीमा चलचित्रहरुकालागि कर्णालीमा प्रचुर सम्भावना रहेपनि राज्यले त्यसतर्फ ध्यान नदिएको बताएका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार प्रेमदेव गिरीले ५५ बर्ष अगाडी देखि चलचित्र क्षेत्रमा कर्णालीबाट सहभागिता रहेको बताउनुभयो ।
चलचित्र विकास बोर्डका सदस्य एवं चलचित्र निर्देशक राजु केसीको संयोजनमा ५ दिन सम्म चल्ने कार्यशालामा मुख्यप्रशिक्षक राजेश गोङ्गजुले सम्पादन सम्वन्धि प्रशिक्षण दिने सुर्खेतमा कार्यक्रम संयोजन गरिरहनुभएका श्रीनाथ फिलिम्सका संचालक एवं निर्देशक निर्मल प्याकुरेलले जानकारी दिनुभयो ।
Milan Shrestha । १५ चैत्र २०८०, बिहीबार २०:५२ बजे