बुवालाई सम्झे खगेन्द्रले


असोज २४, सुर्खेत ।

गायक तथा चलचित्र निर्देशक खगेन्द्र न्यौपानेको पछिल्लो गीत बाबाको झझल्को सार्बजनिक गरिएको छ । नेपाली खस भाषाको चलचित्र पानकलीको निर्देशन, अन्य चलचित्रको सहनिर्देशन तथा दर्जनौं गीतहरुको म्यूजिक भिडियोको निर्देशन, गायन, रचना तथा संगित गरिसकेका उनको पछिल्लो देउडा ठाडी भाका बाबाको झझल्को बजारमा आएको हो ।

कलिलै उमेरमा बुवाले छोरा र छोराकी आमालाई छटक्कै छोड्दा एक्लिदाको पीडा गीतमा अभिब्यक्त गरिएको छ ।

जे छ त्यो हुँदा सम्म जति वेमतलब हुन्छ त्यो नहुँदा जत्ति पीडा र कष्ट हुन्छ त्यो वास्तबिकता न्यौपानेले गीतमा उतारेका छन् । शब्द, संगित, स्वर र आफैले अभिनय गरेको गीतले बुवा नहुनेहरुको मात्रै होइन, नभएपछि कस्तो अभावको भुमरीमा रुमलिनु पर्छ भन्ने शन्देश प्रबाह गरेको छ ।

सुन्दर कर्णालीका बिभिन्न भूभागमा छायांकन गरिएको सो गीतका शब्द सुन्दा र अभिनय हेर्दा सादय सबैका आँखा रसाउँछन् नै, चाहेर पनि ओभानो हुँदैनन् ।