“गुल्जार–ए–अदब” को ५ सय ८३औंं श्रृङखलाको मासिक गजल गोष्ठी सम्पन्न



पवन जायसवाल

नेपालगञ्ज (बाँके) । बाँकेको नेपालगञ्जमा रहेको अदबी संगठन “गुल्जार–ए–अदब” को ५ सय ८३ औं मासिक कवि गोष्ठी “तरही नशिस्त” पाल्गुन १७ गते शनिवार सम्पन्न भएको छ । प्रख्यात नेपालगञ्ज निवासी वरिष्ठ उर्दू शायर अब्दुल लतीफ “शौक” को अध्यक्षतामा महेन्द्र पुस्तकालय नेपालगञ्जमा सम्पन्न भएको हो ।

कार्यक्रमको तरही मिसरा थियो “दिवाना है दिवाने से पर्दा न करेंगे” कार्यक्रममा विभिन्न उर्दू शायरहरूले आफ्नो उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए । जसमा वरिष्ठ उर्दू शायर अब्दुल लतीफ “शौक” ले –“हम कर के मोहब्बत तुम्हें रुसवा न करेंगे”, “सौ गम भी अगर दोगे तो शिकवा न करेंगे”, सैय्यद अशफाक रसूल हाश्मीले–“तोडेंगे अगर दिल तो वह अच्छा न करेंगे, हम ऐसी मोहब्बत से भी पर्दा नकरेंगे”, अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशीले–“कमजरफ से दुःख दर्द का चर्चा न करेंगे, हम इजज्ते नामुस को रुसवा न करेंगे”, नुरुल हसन राईले,–“करता ही रहेगा मेरा दिल जिक्र हमेशा, गुल्शन तेरी यादों कि महेकते ही रहेंगे”, मोहम्मद आरीफ अन्सारीले,–“मतलब के लिए कोई भी सौदा न करेंगे, माँ–बाप मेरी जान हैं, रुसवा न करेंगे”, मेराज अहमद “हिमालय”ले,–“मर जाऐंगे ईमान का सौदा न करेंगे, हम तेरी मोहब्बत को भी रुसवा न करेंगे”, समीर अली बेहनाले,–“पढा है जब से मैने हजरते अय्युब का किस्सा, अहद कर लिया की तुझ से कोइ शिकवा न करेंगे ” शिर्षकका गजलहरु वाचन गरेका थिए ।

“गुल्जार–ए–अदब” अदबका अध्यक्ष वरिष्ठ शायर अब्दुल लतीफ शौकले–उर्दू भाषाको गजल मुस्लिम समुदायको मात्र नभएर यो सम्पूर्ण मानव जातिको रहेको बताउनु भयो ।
सद्भावको शहर नेपालगञ्जमा उर्दूमा गजल लेख्ने र वाचन गर्ने वैश्य समुदायका श्याम लाल और मुरली बैश्यको बारेमा पनि चर्चा गर्नु भएको थियो । उर्दू भाषा र साँस्कृतिक उत्थानका साथै सामाजिक उत्थानमा मद्दत पुर्याउन युवा पुस्तालाई अग्रसर हुन शौकले आह्वान गर्नु भएको छ ।

कार्यक्रममा प्राध्यापक मकसूद अहमद रंगरेजले “गुल्जार–ए–अदब” को मासिक गजल गोष्ठीले साँस्कृतिक उत्थानका साथै स्थानीय साहित्यिक परम्परालाई अघि बढाउन गरेको योगदानको प्रशंसा गर्नु भएको थियो ।

नेपालगञ्जमा हुने कार्यक्रममा साहित्यिक सौन्दर्य र शायरहरूको प्रतिभा उजागर गर्ने थलोको रूपमा ल्याउन समीर अली बेहनाले जोड दिनुभयो । कार्यक्रममा हाजी जाकीर हुसैन, आशिम सरवर, अरमान अन्सारी, अनस अन्सारी लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागी अन्य कवि ’शायर’हरूले पनि आफ्ना गजलहरू प्रस्तुत गरेका थिए मासिक गजल गोष्ठीको सञ्चालन उर्दू साहित्यकार मोहम्मद मुस्तफा हसन कुरैशीले सञ्चालन गरेका थिए मोहम्मद आरीफ अन्सारीले जानकारी गराउनु भयो ।