माघे सकराती मेला २०७५ शुभारम्भ


२५ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारले मगरहरुको माघे सकराती र थारुहरुको माघी पर्वलाई सार्वजनिक विदा दिने घोषणा गरेका छ ।

नेपाल मगर संघ सुर्खेतले कर्णाली प्रदेशको राजधानीमा आज पौष २५ देखि २९ गते सम्म आयोजना गरेको “माघे सकराती मेला २०७५” को उद्घाटन समारोहमा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्तो घोषणा गर्नुभएको हो ।

विशेष गरी यो चाडलाई सबै नेपालीहरुले अनुसरण गरिसकेका कारण नेपालमा बहुसाँस्कृतिक, बहुधार्मिक र मौलिकतालाई सम्मान गर्नका लागि विदा दिन लागेको मुख्यमन्त्री शाहीले बनाउनुभयो ।

कुनै पनि चार्डपर्वहरु विदा अर्थात सार्वजनिक विदालाई श्रमको रुपमा उपयोग गर्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले समृद्धि नेपालीका लागि सबैलाई श्रम गर्न आग्रह गर्नभयो ।

यस्तै कार्यक्रम मगर जाति, इतिहास र अवस्थाका सोधखोज कर्ता एवम् पूर्व श्रममन्त्री माथवरसिं थापामगरले धर्मलाई अफिमसँग तुलना गर्ने कम्न्युनिष्टहरु ढोङी भएको बर्तमान प्रधानमन्त्रीले देखाएको आरोप लगाउनुभयो ।

जनजातिहरुको मौलिक चार्डपर्वको विदा कटौती गरेर सरकारले सामाजिक विभेद गरेको भन्दै थापाले जनजातिहरुलाई आरक्षणको नाममा झन विभेद गरेको समेत बताउनुभयो ।

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष एवम् आदिवासी जनजाति महासंघका प्रवक्ता नविन रोकामगरले कुनै पनि समुदायलाई पन्छाएर समृद्धिको विकास नहुने बताउनुभयो ।

समृद्धिको विकासका लागि सबै समुदायको समान पहुँच बृद्धि विकास हुनु पर्नेमा जोड दिदै रोकाले समान पहूँचका लागि सरकारले प्रशस्त अवसरको सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले साँस्कृतिक संरक्षण र सम्वर्धनकालागि आफू जहिले पनि लागि पर्नेमा जोड दिनुभयो ।

नेपाल मगर संघ कर्णाली प्रदेशका अध्यक्ष आशुराम सोमैमगरले स्वागत गर्नुभएको कार्यक्रमको सभापतित्व नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर बंशीमगरले गर्नुभएको थियो ।

स्थानीय रंगशालामा आज २५ गतेबाट शुरु भएको महोत्सव यही पौष २९ गते सम्म जारी रहने आयोजकले जनाएको छ ।