बारा र पर्साका हावाहुरी पिडितलाई कर्णाली प्रदेश सरकारबाट १ करोड सहयोग


२३ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारको आज (शनिवार) बसेको मन्त्री परिषदको बैठक २ बुँदे निर्णय गर्दै सकिएको छ ।

कर्णाली प्रदेश सरकारले १७ गते आइतवार बारा र पर्सामा आएको हुरीवतासबाट पिडितहरुकालागि रु १ करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले कर्णाली प्रदेश अस्पतालमा रहेको ५० शैयालाई बृद्धी गर्दै शिक्षण अभ्यास सहितको ३०० शैयाको प्रेशण (रेफरल) अस्पतालको रुपमा स्तरोन्नती गर्ने पनि निर्णय गरेको मन्त्री भण्डारीले बताउनुभयो ।