नेमकिपाको विरोध सभा कर्णालीमा पनि


२८ बैशाख, सुर्खेत । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि नेपालमा लकडाउनको समय भएपनि विरोध शुरु भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि नेपाल मजदुर किसान पार्टीको केन्द्रिय कार्यक्रम अनुसार आज विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय मंगलगढी चौकबाट शुरुभएको विरोध र्रयालीले वीरेन्द्र चौकमा परिक्रमा गरि नेता चौकमा आइ कोण सभामा परिणत भएको थियो । सभामा कोषाध्यक्ष गोविन्दनाथ योगी तथा जिल्ला सदस्य गणेशबहादुर खड्काले सभालाई सम्बोधन गर्नुभएको थियो भने जिल्ला अध्यक्ष हरिबहादुर बोहोराले लकडाउनको यो समयमा पनि देशको सिमा मिचिएको बेला एकजुट हुनुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।