प्रदेशका क्वारेन्टाइनहरुमा कोपिलाले राहत सामाग्री पठाउदै


२२ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरसक कोभिड-१९ले नेपाल पनि अछुतो हुन सकेन । करिब २ महिना देश कर्णाली प्रदेशलाई कोरोनाले छोएको थिएन त्यसपछिका दिनमा कर्णाली प्रदेशमा कोभिड-१९ को संक्रमण तिब्रगतीमा फैलिरहेको छ । यसरी कर्णालीमा कोभिड-१९ को संक्रमण फैलिरहँदा अमेरिकी नागरिक सन् २०१५ का सिएनएन हिरो उपाधी विजेता म्यागी डोयन उद्दार र विभिन्न आवश्कीय सामाग्री वितरणमा व्यस्त हुनुहुन्छ ।

म्यागीले स्थापना गर्नुभएको संस्था कोपिला भ्याली सेवा समाजले यतिवेला यो महामारीको बेलामा कर्णालीको विभिन्न क्वारेन्टाइनमा प्रदेश सरकारको सहयोगमा खाद्य तथा स्वास्थ्य सामाग्री पठाएको छ । समाजले प्रदेशका सबै क्वारेन्टाइनमा सामाग्री पठाएउने जनाएको छ । जसअनुरुप पहिलो चरणमा कालिकोट, दैलेख, सुर्खेत  जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका ८ हजार १ सय ७ जना नागरिककालागि स्वास्थ्य एवं खाद्य सामाग्री पठाएको छ ।

कोपिला भ्यालि सेवा समाज सुर्खेतद्वारा सहयोग गरिएको राहत सामाग्री कालिकोटको खाडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाता गाँउपालिका, महाबै गाँउपालिका, पचालझरना गाँउपालिका, सान्नि त्रिबेणि गाँउपालिकाका क्वारेन्टाइनहरुमा पठाइएको छ । त्यस्तै सुर्खेतको चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाँउपालिका, चिङ्गाड गाँउपालिका,  लेकबेसी नगरपालिका, भेरीगंगा नगरपालिकाका क्वारेन्टाइनहरुमा पनि सामाग्री पठाइएको छ ।

कर्णाली प्रदेशका दशवटै जिल्लाका क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकहरुलाइ स्वास्थ्य सामाग्री उपलब्ध गराई रहेको सेवा समाजका अध्यक्ष टोपबहादुर मल्ल बताउनु हुन्छ । कोपिला भ्यालि सेवा समाजले भारतबाट नेपाल फर्किएका नागरिकहरुलाइ कर्णाली प्रदेशको सिमानामा खानाखाजा र पानीको ब्यबस्था गरिरहेको सेवा समाजका सचिव रमेश मल्ल जानकारी दिनुभयो ।