युवा गैरसरकारी संस्था महासंघ सुर्खेतको अध्यक्षमा चन्द


सुर्खेत, ०५ चैत्र ।युवा गैरसरकारी संस्था महासंघ सुर्खेतको जिल्ला सम्मेलन मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सुर्खेतका सवै स्थानिय तहका युवाहरुको सहभागिता रहेको सम्मेलनले नयाँ नेत्तृत्व समेत चयन गरेको छ ।

नयाँ नेत्तृत्वको अध्यक्षमा सिम्ता गाउँपालिकाका सुर्खेतका रविन्द्र कुमार चन्द चयन हुनुभएको छ भने उपाध्यक्षमा दुर्गा घर्ति, सचिवमा रिता चन्द, सहसचिवमा विशाल पुन, कोषध्यक्षमा सिता नेपाली र सदस्यहरुमा गगन खड्का, निर्मल बुढा, दिल बहादुर चौधरी, उमेश तिवारी, पार्वती थापा र अकृती खड्का रहेका छन् ।


नव निर्वाचीत अध्यक्ष चन्दले सामाजिक काममा युवाको भुमिका अपरिहार्य रहेको भन्दै सुसासनका लागी युवा जागरुक हुनुपर्ने बताए । उनले पछिल्लो समय मौलाउदैँ गएका भष्ट्राचारलाई न्युनीकरण गर्नका लागी युवा गैरसरकारी संस्था महासंघ सुर्खेतको प्रमुख काम हुने समेत बताए । समाजमा भए गरेका तथा हुने गरेका विकृती विसंगतिको विरुद्धमा खरो रुपले प्रस्तुत हुन पनि उनले युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि समेतद रहेका राष्ट्रीय युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्नेतले युवा अव गतिशिल हुनुपर्ने भन्दै आगामी दिनमा नयाँ योजनाका साथ अगाडी बढ्नु पर्ने बताए । युवा गैरसरकारी संस्था कर्णाली प्रदेशको सम्मेलन भने चैत्र आठ गते हुने भएको छ ।

कार्यक्रममा राष्ट्रीय युवा परिषदका केन्द्रीय सदस्य प्रेम बस्नेत, गैरसरकारी संस्था महासंघ सिम्ताका अध्यक्ष गगन सिं ठकुरी तथा विभिन्न युवाहरुको सहभागिता रहेको कार्यक्रम युवा गैरसरकारी संस्था महासंघ सुर्खेतका पुर्व अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।