किचलोमा नेकपा, शुरुवात कर्णालीबाट


नेपालमा कम्यूनिष्ट पार्टीमा धेरै हाँगाहरु छन् । धेरै हाँगाहरुको विचमा नेकपा एमाले र माओवादीलाई शक्तिशाली पार्टी मानिएको थियो । यि दुइ पार्टीको एकआपसमा हुन्छ भनेर सोच कसैले नराखेको अवस्था थियो । यही अवस्थामा एक्कासी एकता भएको छ । तर एकता प्रक्रिया पूर्णरुपमा टुङ्गिएको छैन् ।

एमाले र माओवादीको एकता प्रक्रिया पूर्णरुपमा नहुँदा यतिखेर पार्टी फेरि विभाजन हुन्छ कि भन्ने अहिलेको स्थितिले देखाइरहेको छ । अब नेकपा विभाजन भयो भने पुरै दोष कर्णालीलाई जाने निश्चित प्राय देखिएको छ । देश संघीयता गएसँगै प्रदेशको भागविलोमा तत्कालिन प्रदेश नं. ६ (हालको कर्णाली प्रदेश)को सरकार प्रमुखमा पूर्व माओवादीको भागमा परेसंगै नेकपामा कर्णालीबाटै किचलो शुरु भएको राजनितिक विष्लेशकहरुले अनुमान लगाउने गर्छन् ।

कर्णालीको मुख्यमन्त्री पूर्वमाओवादीको भागमा परेपनि एमालेका यामलाल कँडेलले भने त्यसलाई सहजै स्वीकार गर्न नसकेको स्थिति रहँदै आएको देखिएको छ । मुख्यमन्त्रीकालागि धेरै रस्साकस्सी भयो अन्तत केन्द्रिय निर्णय अनुसार पूर्वमाओवादी कै भागमा पर्यो ।

जसरी एउटै घरमा दुई दाजुभाई मिलेर बस्न गाह्रो हुन्छ । नेकपामा पनि त्यही भएको देखिएको । सबैको आआफ्नै दम्भले अब कतै पार्टी फेरी फुट्ने त हैन् ?

कर्णालीबाट नेकपामा शुरु भएको किचलो केन्द्र सम्म पुगेको छ । आखिर किन कर्णालीमा मै किचलो किन? नेकपा विभाजन भयो भयो के फेरि कम्यूनिष्टहरुको दुई तिहाईको सरकार बन्छ त? अवश्य पनि बन्दैन् । यि सबै कुरा थाहा पाउँदा पाउँदै किन एकआपसमा विवाद भैरहन्छ नेकपामा त्यो पनि कर्णालीबाटै?

पछिल्लो किचलो पनि नेकपामा कर्णालीबाटै शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आफ्नै पार्टीबाट शुरु भयो जस्को नेतृत्व नेकपा कर्णाली प्रदेशका सहईन्चार्ज यामलाल कँडेलले गर्नुभएको छ । गत असोज २५ गते नेकपाको कर्णाली प्रदेशसभाका सांसदमध्ये १८ जनाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रमुख सचेतक गुलाबजंग शाहलाई अविश्वास प्रस्ताव बुझाएका थिए ।

त्यसपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गर्नुभएपछि यो किचलो केन्द्र सम्म पुगेर पनि अझै समाधान हुन सकिरहेको छैन् ।