प्रदेश राजधानीको ४ लेन सडकका खाल्डो माटोले पुर्दै सडक विभाग


१९ भाद्र, सुर्खेत । देश संघीय संरचनामा गएर कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बनेको पनि ४ बर्ष नाघी सकेको छ । यही सेरोफेरोमा प्रदेश राजधानीको प्रमुख मार्ग धुलियाविट बाङ्गेसिमल (रत्नराजमार्ग) ४ लेनको बनेको खुशियाली यतिखेर भने निराशामा परिणत भैरहेको छ ।

४ लेनको यो सडकमा धुलियाविट पिपिरा र एयरपोर्ट नजिकमा अझैपनि पूर्णरुपमा पुल सञ्चालन हुन नसकिरहेर ४ लेनको यो सडकले पूर्णता नपाउँदै यतिवेला सडकमा हुने गुणस्तर सायद कम भएर होला यतिवेला सडकका विच भागका धेरै ठाउँमा पिच भत्किएर खाल्डो बनेको छ । जस्ले दुर्घटना निम्त्याइरहेको देख्न सकिन्छ ।

सडको यस्तो अवस्थाको जानकार सायद कमै होला सम्वन्धित निकाय । किनभने दिनहुँ यो बाटोको प्रयोग नगर्ने कमै होलान । प्रदेशको एक मात्रै अब गौरब गर्नुपर्छ भन्ने सडकमा अहिले खाल्डा परेका छन् । यही खाल्डोमा अहिले सडक विभाग पिच मर्मत गर्नुको साटो माटो भरेर जनताका आँखामा छारो हाल्दैछ । यो खाल्डोमा माटो भरेर कतिदिन थेग्ला त्यो माटो ले? के यस्कोलागि पनि जनताले आन्दोलन गर्नैपर्ने हो ?