
२४ चैत्र, सुर्खेत । उच्च अदालत सुर्खेतको आदेश संगै स्थगित भएको सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन गर्ने बाटो खुलेको छ ।
उच्च अदालत सुर्खेतमा दायर भएको रिटमा माथि सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे संगै संघको निर्वाचनको बाटो खुलेको हो ।
संघले निर्वाचन मिति तोके संगै असन्तुष्ट व्यावसायी पक्षले संघको कार्यालयमा तालावन्दी गरेका छन् । असन्तुष्ट पक्षको मागको सुनुवाई नभएपछि सुरेन्द्र कुमार मल्लले यही १७ गते अदालतमा निर्वाचन प्रक्रिया रोक्दै अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको थियो ।
अदालतले चैत १८ गते अल्पकालिन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि आज २४ गते बोलाएको थियो । दुवै पक्षको छलफलपछि रिटकर्ताको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको अदालतका शाखा अधिकृत रत्नप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । २४ चैत्र २०७८, बिहीबार १९:०८ बजे