भूकम्प प्रभावित पुर्नस्थापना कोषमा वीरेन्द्रनगर नगरपालिकाले २६ लाख सहयोग गर्ने


 

२१ कार्तिक, सुर्खेत । गएको शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्‍याग्निच्यूडको भूकम्पबाट पिडितहरुकालागि वीरेन्द्रनगर नगरपालिकाले २६ लाख भूकम्प प्रभावित पुर्नस्थापना कोषमा सहयोग गर्ने भएको छ ।

नगरपालिकाले नगरभित्र रहेका १६ वटा वडाहरुको विपद कोषबाट १ लाखका दरले १६ लाख तथा नगर विपद कोषबाट १० लाख गरि २६ लाख भूकम्प प्रभावित पुर्नस्थापना कोषमा सहयोग गर्ने भएको हो । साथै नगरपालिकाले भूकम्प पिडित परिवारका बालबालिकाहरु वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्ययनरत भएकाहरुलाई नगरपालिका भित्र अध्ययन गर्न चाहानेहरुकालागि नगर शिक्षा विकास कोष मार्फत निःशुल्क अध्ययनको व्यवस्थापन गर्ने बताएको छ ।

त्यस्तै भूकम्पमा परि ज्यान गुमाउने जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका नगर उप-प्रमुख सरिता सिंह लगाएत जाजरकोट तथा रुकुमपश्चिममा ज्यान गुमाउनुहुनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रती गहिरो समवेदना र घाइतेहरु प्रति शिघ्र स्वास्थ्यलाभको कामना नगरपालिकाले जनाएको छ ।