अंगुलीमाल (पूर्णांकी नाटक)


अंंगुलीमाल

(पूर्णांकी नाटक)

                        लेखकः स्व‍. जीवन कुमार शाक्य, सुर्खेत

संक्षिप्त कथाः

बुद्ध शासनकालमा कोशल राज्य हाल भारतको उत्तर प्रदेश श्रावस्तीमा अंगुलीमाल भन्ने खुंखार डाँकु थियो । उस्को नामले मात्र पनि गाउँवासीहरु शहरवासीहरु थर थर काँप्थे । उस्ले थुप्रै व्यक्तिहरुको निशस्त्र व्यक्तिहरुलाई हत्या गरेर आतंक मच्चाएको थियो । कुनै पनि व्यक्ति जतिसुकै खराब भए पनि असल शिक्षा पाएमा सुधार हुन सक्छ र जस्तोसुकै असल भए पनि गलत शिक्षाले कुमार्गमा जान सक्छ भन्ने कुरा यस पाठमा शिक्षा प्राप्त गर्न सकिन्छ । यस पाठमा ज्योतिष वाणी पनि सत्य हुन्छ र कार्मिक सम्बन्ध अनुसार प्रतिफल प्राप्त हुन्छ भन्ने शिक्षा लिन सकिन्छ ।

कोशल नरेश प्रशेनजितको राजगुरु अन्तकको पुत्रको जन्म हुँदा शस्त्रको भण्डारमा एउटा अचम्मको बिजुली चम्केको जस्ता उज्यालो छरिएको थियो । राजगुरुको पुत्र जन्म भए पछि ज्योतिषलाई बालकको भविष्य बारेमा जानकारी लिंदा उ भयंकर डाँकु हुने योग देखिन्छ । केहि भए पनि सुधार होलाकि भन्ने आसाले बालकको नाम अहिंस्रक राखिन्छ । राजालाई चाकरी गर्न राजगुरुले बच्चालाई मार्नु पर्ने विचारको प्रस्ताव राख्छ ।

तर राजा प्रशेनजितले बुद्ध शिक्षा पाएको हुंदा अबोध बालकलाई बिना कुनै अपराध मार्नु हुंदैन भनेर उच्च असल शिक्षा पाएमा सुधार हुन सक्छ भनेर अध्ययनको लागि असल विद्वान गुरुहरुको व्यवस्था गरिन्छ  ।

बालकको बुद्धि तिक्ष्ण,शुशिल कर्मठ,आज्ञाकारी,स्मरण शक्ति भएकोले कम समयमानै उ प्राथमिक चरणको शिक्षा हांसिल गर्दछ । उच्च शिक्षाको लागि अहिंस्रकले तक्षशिलामा उच्च शिक्षाको लागि जाने आकांक्षा राख्छ । यस बखत मातृ स्नेह प्रकट भएको छ । अंहिंसकको आमा मन्ताणी ब्राम्हणीले आफुबाट टाढा पठाउन चाहंदैन । राजगुरु अन्तकले उच्च शिक्षा हांसिल गरे पछि विचारमा शुद्धि भएर वास्तविक अहिंस्रक नै हुन्छ कि भन्ने आशाले छोरालाई उच्च शिक्षाको निम्ति तक्षशिलामा पठाउने चाहना राजा समक्ष प्रस्तुत गर्दछ । राजा प्रसेनजितले स्विकृति दिन्छ राजकोषबाटै सबै खर्च व्यहोर्ने गरि तक्षशिला पठाईन्छ ।

भारतको श्रावस्तीमा रहेको अंगुलीमालको भग्नावशेष दरवार

तक्षशिलामा पुगे पछि गुरुकुलका पुराना विद्यार्थी शिष्यहरुसित चांडै घुलमिल हुन्छ । उ आज्ञाकारी तृक्ष्ण बुद्धि भएको स्मरण शक्ति भएको हरेक शिक्षामा पारंगत हुंदै जान्छ  । जुनसुकै प्रश्नको सरल उत्तर दिएर पुराना विद्यार्थीहरुलाई उछिन्छ ।

यसैले आचार्य र आचार्य श्रीमतीको अंहिंसक प्रिय शिष्य हुन्छ । अन्य शिष्यहरुलाई ईर्ष्याको बिषय बन्छ । कसैले पनि उस्लालाई हरेक पक्षमा हराउन सक्तैन । त्यसैले बिभिन्न षडयन्त्र गरेर अंहिसकलाई तक्षशिला गुरुकुलबाट बाहिर पठाउनको लागि आचार्यलाई गुरुमा सित अनुचित सम्बन्ध छ भनेर सबैले झुठ्ठा कुरा लगाउंछ । असत्य कुरा पनि बहुमतले भने पछि सत्य जस्तै हुन जाने हुँदो रहेछ भनेर यस पाठमा देखिन्छ ।

आचार्यले सांच्चै पनि हरेकपल शिष्य अंहिंसक आफ्नो । श्रीमतीको साथमा देखेर भ्रमित हुन्छ । आचार्यलाई क्रोध हुन्छ बुद्धिमत्ता तरिकाले आफ्नो श्रीमती सित अनुचित सम्बन्ध राख्नेलाई मृत्युको सजाए दिनुपर्छ भन्ने सोंचेर यज्ञको लागि एक हजार मान्छेको औंलाहरु आवश्यक भएको र गुरु दक्षिणाको रुपमा दिनुपर्छ भन्ने माग राख्छ ।

गुरुको गलत दक्षिणा मांगलाई आज्ञाकारी शिष्य अहिंसकले पूरा गर्न शस्त्रअस्त्र लिएर जंङ्गल प्रवेश गर्छ । आउने जानेहरुको हत्या गरेर औंलाको माला लगाएको हुन्छ ।

अहिंसक नामको युवा अंगुलीमाल डांकुको रुपमा परिवर्तन भएर कोशल राज्यमा आतंक छाउंछ । राजाले आफ्नो जनतालाई डांकुबाट बचाउन सेनाद्वारा नसकेपछि अंगुलीमालको भयबाट बचाउन राजा स्वयम् अंगुलीमाललाई पक्राउ गरेर ल्याउन तयार हुन्छ ।

बुद्धको ध्यान दृष्टिबाट आज कस्को कल्याण गर्ने भनेर हेर्दा अंगुलीमाललाई देख्छन् ।

अंगुलीमालको समिपमा बुद्ध जानुहुन्छ । अचम्मको कुरा हुन्छ बुद्धलाई टाढैबाट देख्ने बित्तिकै प्रभावित हुन्छ । अंगुलीमालले चेतावनी दिन्छ ए श्रमण पर्ख अब तिम्रो मृत्यु हुंदैछ, तर बुद्धले वास्ता नगरि अगाडी बढछन् अंगुलीमाल पछि पछि दगुर्छ तर भेट्टाउन सक्तैन । बुद्धले भन्छ वत्स म युगौं देखि स्थिरछु तिमी अस्थिर छौ । अंगुलीमालले भन्छः मृत्य हुनेको अन्तिम ईच्छा पुरा गर्छु भन तिम्रो के ईच्छा छ ?

बुद्धले रुखको हांगा काटेर त्यस्मा फेरि जोडेर जस्ताको तस्तै गर्न भन्छ । तर असम्भव जस्ले सृजना गर्न सक्तैन उस्ले ह्रास गर्ने कुनै अधिकार छैन ।

बुद्धको वचनले अंगुलीमाल शरणमा पर्छ । अंगुलीमाल केश मुण्डन गरेर चिवर बस्त्र धारण गरेर प्रवज्जित हुन्छ । शस्त्र अस्त्रद्वारा नहार्ने खुंखार हत्यारा बुद्धको एउटा वचनले परास्त हुन्छ । शस्त्र अस्त्रले पराजित गर्न नसकेको लाई कस्तो वचनले दमन गर्न सकेको होला भनेर राजा अचम्म हुन्छ ।

उ भिक्षु हुन्छ । अंगुलिमाल प्रवज्जित भएर भिक्षु भएपछि गाउँलेहरु निशस्त्रलाई ढ’ हानेर प्रतिशोधले  मारि दिन्छ । मृत्युको बदला मृत्युको रुपमा सजाए दिन्छन् । एउटा हिंसक व्यक्तिले अरहत्व प्राप्त गर्दछ ।

यस कथालाई नाटकको रुपमा प्रस्तुत गरिएकोछ ।

पात्र परिचयः—

१,शाक्यमुनी बुद्ध

२, राजा प्रसेनजित —कोशलाधिपती

३, प्रधान अमात्य —कोशल राज्यका प्रधानमन्त्री

४, सेनापती — कोशल सेनापती

५, अन्तक (ब्राम्हण) — कोशल राज्यका राजगुरु

६, ज्योतिषाचार्य — कोशल राज्यका प्रमुख ज्योतिष

७, अंहिंसक — राजगुरुका पुत्र  अंगुलिमाल

८, आनन्द — भगवान बुद्धका प्रमुख शिष्य उपाशक

९, आचार्य गुरु — तक्षशीलाका प्रमुख आचार्य

१०, यशपाल ,दिकपाल,विक्रम र शुरसेन आचार्यका शिष्यहरु

डांकाहरु ,व्यापारीहरु,गाउंलेहरु द्वारपाल । नगर रक्षक जटीलहरु ।

२१,मन्ताणाी (ब्राम्हणी) — राजगुरुकि धर्म पत्नी

२२, गुरुआमा — तक्षशीला आचार्यको धर्म पत्नी

२३, अन्य राजपरिवार

२४, ग्रामवासीहरु

प्रथम दृष्य

स्थानः कोशल राज्य श्रावस्ती राजाको बैठक कक्ष

पर्दा खुल्नु भन्दा अघि सम्बाद हुन्छ जम्बुद्धिपको  कोशल राज्यमा भयानक डांकु अंगुलिमालले आतंक मच्चाई रहेकोछ । अंगुलिमालको उत्पत्ती कसरी भयो । अंगुलिमाल वास्तवमा एक बुद्धिमान विद्यार्थी थियो । साथीहरुको ईर्ष्या गुरुको भ्रमका कारण डांकु अंगुलिमालको सिर्जना कसरी भयो ।

बैठक  कक्षमा प्रधान अमात्य, सेनापती, द्वारपाल आ—आफ्नो स्थानमा बसेकाछन्

नेपथ्यः— द्वारपालको स्वर गुन्जन्छ — सावधान । कोशलाधिपती महाराज प्रसेनजितको सवारी हुंदैछ ।

सबैजना आ—आफ्नो स्थान बाट आदरपुर्बक उठ्छन् ।

सबैले अभिवादन गरेर भन्छन् — महाराजको जय होस महाराज प्रणाम

राजा प्रशेनजितको राजा भए पनि सामान्य किसिमको पहिरन छ । दिव्य अनुहार ज्ञानी दयालु छन् ।

राजा प्रसेनजित आफ्नो आसनमा बसे पछि सबैलाई बस्न संकेत दिए पछि बस्छन ।

प्रसेनजितः अमात्य सेनापती केहि समाचार छ कि ? हाम्रो राज्यमा कसैलाई  केहि समस्या  वा दुख छ कि ? सबै जना सुखि छन् ।

सेनापतीः महाराजको जय होस । आज राती हाम्रो शास्त्रागारमा अचम्मले बिजुली चम्के जस्तै अस्त्रशस्त्रबाट चमक चम्कीयो । त्यस कारण महाराजमा बिन्ती गर्न हाजीर भएकोछु ।

प्रधान सेनापतीः हो महाराज अचम्म भयो । सेनापतीले भन्नुभए जस्तैै आज राती शास्त्रागारमा  शस्त्रहरुबाट चमक देखियो । त्यत्ति मात्रै नभएर मेरो घरमा पनि भयो ।

त्यसैले हामी सबै जना आश्चर्य चकित भएकाछौ । महाराज

प्रसेनजितः अनि । तपाईंहरुले यस्को कारणका बारेमा केहि बिचार गर्नुभएकोछ कि ?

प्र.सेनापतीः महाराज । यस बारेमा राजगुरु सित सल्लाह लिनु पर्छ कि ?

सोहि बखत राजगुरु पनि आई पुग्छन् ।

द्वारपालले आवाज गर्छ— महाराजको जय होस  राजगुरु आईपुग्नु भयो ।

राजगुरुः अभिवादन गर्दै भन्छन् । महाराजको जय होस प्रणाम महाराजमा   ।

(आफ्नो स्थानमा गएर बस्छन् ।)

प्रसेनजितः आज बैठकमा आउन अलि ढिलो भयो नि राजगुरु ।

राजगुरुः ( हात जोडदै) रिसानी माफ होस महाराज । आज राती मेरी ब्राम्हणीले छोरा जन्माईन् त्यसैमा अलमल परेर ढिलो भयो महाराज । विलम्बको लागि क्षमा पाउं ।  महाराज । एउटा घटनाको बिन्ति चढाउंछु ।

प्रसेनजितः  ठिक छ भन्नुस राजगुरु के त्यस्तो कुरा आई पर्यो ?

राजगुरुः महाराज । ज्योतिषीलाई जन्म कुण्डली विचार गराउंदा यो मेरो बच्चाबाट राज्यमा अनिष्ट हुने देखिन्छ भन्ने भविष्यवाणी भएकोले ज्योतिषाचार्यलाई नै साथमा लिएर आउंदा अलि ढिलो भयो महाराज ।

प्रसेनजितः ज्योतिष  अनि तिमीले त्यो बच्चाको कुण्डलीमा त्यस्तो के देख्यौ र ?

ज्योतिषः महाराज । मैले बच्चाको जन्म लगनअनुसार विचार गर्दा भविष्यमा यो बच्चा खतरनाक डांकु हुने योग परेकोछ । जस्ले गर्दा

राष्ट्रका नागरिकलाई ठूलो आपत विपत आई पर्ने देखिन्छ । महाराज मेरो ज्ञानबुद्धिले जे देर्खे त्यही भने ।

राजगुरुः महाराज मेरो बच्चाको कारणले राज्यमा आपत आईपर्छ भने यस्को पालनपोषण कसरी गर्ने अनि यसलाई बचाई राख्नुनै हानिकारक देखिन्छ । महाराज ।

प्रसेनजितः होईन राजगुरु त्यस्तो निर्दोष बच्चालाई हत्या गर्ने कल्पना पनि गर्नु हुंदैन ।

मैले त्यस्तो अनुमति दिन सक्तिन ।

राजगुरुः धर्मग्रन्थ अनुसार सयौं जनाको रक्षा गर्न एउटाको बली चढाउनु अनुचित होईन भनिएको छ महाराज । त्यस कारण महाराज मलाई यो बच्चालाई मृत्यु डण्ड दिएमा मलाई खुसि नै हुनेछ ।

सेनापतीः महाराज  राजगुरुले भन्नु भएको कुरा उचित छ कि जस्तो लाग्छ मलाई ।

प्रजाको भय मुक्त गर्न यस्मा केहि दोष होला र ?

प्रसेनजितः ज्योतिष तिम्रो ज्योतिष विद्या अनुसार यो मात्रै डांकु हुने हो कि यस्को कारणले अरु पनि हुने हो ।

ज्योतिषः महाराज  जन्म लग्न अनुसार यो बच्चाको मात्रै भन्न सक्छु अरुको भन्न सक्तिन महाराज ।

प्रसेनजितः सेनापती । यस्मा चिन्ता गर्नु पर्ने केहि छैन । यदि डांकाहरु धेरै भए पनि हाम्रो सैन्य शक्ति कम छैन । जस्तै ठूलो डांका भए पनि त्यस्को दमन गर्न सकिन्छ ।

राजगुरुः महाराज । कोशल राज्यको राजपुरोहितको छोरा डांकु हुन्छ भनेर भबिष्य जान्दा जान्दै यस्लाई लुकाई राख्नु मेरो कर्तव्य र ईमान्दारी र  उचित ठान्दिन । त्यसैले महाराज । यो बच्चालाई जे गर्नु पर्छ हजूरको मर्जी ।

प्रधान अमात्यः महाराज  यो अबोध बालकको के दोष यस्लाई नमारिकन अन्त कतै हामीहरुकै नियन्त्रणमा पठाई दिए बेसहोला ।

प्रसेनजितः मेरो राज्यमा केहि गल्ति नगरिकन सजाए दिन सक्तिन । बिना कारण डण्ड दिनु राजधर्म पनि होईन । त्यस्मा पनि यो अबोध बच्चाले केहि बिराएको छैन । जतिबेला अपराध गर्ला त्यतिबेला सजाए दिउंला ।

सेनापतीः महाराज  के त्यसो भए आज राती शस्त्रबाट तेज चमक निस्कनुको कारण यहि हो कि ?

प्रसेनजितः ज्योतिष यस बिषयमा तिम्रो के विचार छ ?

ज्योतिषः महाराज । बच्चाको जन्म समयको अनुसार डांकु हुने योग देखिन्छ तर यसरी शस्त्रबाट तेज निस्कनु भनेको त वीर पुरुष वा महानपुरुषको प्रादुर्भाव हुनुपर्नेहो ।

प्रंसेनजितः शाक्यमुनी बुद्धले भन्नु भएको छ कि प्रत्येक प्राणीहरुमा केहि न केहि गुण लुकेको हुन्छ । त्यस कारण राजगुरु यस बच्चालाई  राम्रो सित शिक्षा दिक्षा दिन सके राम्रो होला ।

महानपुरुष बन्न पनि सक्छ नराम्रो संगतमा परे नराम्रो हुन्छ ।

राजगुरुः महाराज  आज्ञा शिरोपर मेरो बच्चालाई असल शिक्षा दिक्षा र पालनपोषण गर्न कुनै कमी हुन दिनेछैन कसैको हिंसा नगरोस भनेर यस्को नाम अहिंसक राखेकोछु ।

प्रसेनजितः ठिक छ  यो बच्चाको शिक्षा दिक्षा तथा पालनपोषण गर्न जति खर्च चाहिन्छ राजकोषबाट उपलव्ध हुने व्यवस्था गरि दिनु ।

सबै जनाले— महाराज कोशलाधिपतीको जय † महाराज कोशलाधिपतीको जय † महाराज कोशलाधिपतीको जय †

( पर्दा बिस्तारै बन्द )

दोश्रो दृष्य

पर्दा पछाडी बाट आवाज हुन्छ  दिन बित्यो बर्ष बित्यो १५ बर्ष बित्यो स्थानीय गुरुहरु सित अध्ययन गरेर अंहिंसक जवान भयो ।

स्थानः राजगुरुको घरकोठा

राजगुरु अन्तकको घरमा आफ्नी पत्नी मन्तानी बसेका बखत ।

अहिंसकः आमा । ढोग गरें — ( खुट्टामा ढोग दिन्छ )

मन्ताणीः बाबु † चिरन्जीवी भए संधै स्वस्थ र सुविनीत होस †

अहिंसकले बुवा अन्तकलाई पनि प्रणाम गर्छ —। बुवा प्रणाम । ढोग दिन्छ ।

राजगुरुः बाबु तिम्रो कल्याण होस † कोशलराज्यको र्ईज्जत राख्न सकेस †

अहिंसकः बुवा मैले यस आश्रममा बसेर गुरुले सिकाउनु भएको धर्मशास्त्र,उपनिषद र षडशास्त्र सबै कण्ठ गरि सकें । हजूरको आज्ञा भए  उच्च शिक्षा हांसिल गर्न तक्षशीलामा अध्ययन गर्न जाने ईच्छा थियो अनुमती भए बेस हुने थियो ।

मन्ताणीः  छोरा † तिमीलाई मेरो तर्फबाट बिदा दिन सक्तिन जति अध्ययन गर्नेहो यहीं मेरै अगाडी गर । हामी बुढा भयौं हामीलाई छोडेर टाढा जाने कुरा नगर ।

अहिंसकः आमा हजूरको कुरा गलत हो भन्दिन तर यो उमेर भनेकै अध्ययन गर्ने उमेर हो । राम्रो सित अध्ययन गर्न सके कोशल राज्यको नाम राख्न सकिन्छ ।

राजगुरु अन्तकः छोराअहिंंसक । तिमीले भनेको कुरा निर्विवाद सत्य हो । तर आमा बुवाको मन आफ्नो छोरालाई  आफु बाट टाढा पठाउंदा दुःख त भै हाल्छ नि ।

राजगुरुः —तिम्रो बुद्धि विवेकको विकासको निम्ति तक्षशीला पठाउन अनुमती दिन्छु ।

त्यहां गएर राम्रो सित अध्ययन गर्नु गुरुकुलमा राम्रो सुबिधा नहोला दुःख कष्टहोला ।

अहिंसकः बुवा हजूरको आज्ञा शिरोपर गर्छु । शिक्षा नै परम सुख हो ।गुरुको आश्रमनै सुबिधाको मुख्य व्दारहो । फ्तपाईहरुले यसबारेमा कुनै चिन्ता नलिनुहोला । ”

कोशल राज्यको र हजूरहरुको ईज्जत जाने त्यस्तो कुनै कार्य गर्ने छैन ।

मन्ताणीः छोरा ।तिमी यहीं नै ध्यानमा बसे राम्रो होला त्यहां गरुकुलमा तिम्रो हेरविचार कस्ले गर्ला ।यहां त महाराजले पनि तिमीलाई मायां गरि बक्सीन्छ । यस्तो सुख छोडेर जाने कुरा नगर ।

अहिंसकः आमा । यो सुख दुःख भनेको त मानिसको स्वभावनै हो । सुखको समयमा दुख गर्न सके पछि पछि दुख हुंदा दुखको अनुभव गर्न पर्दैन ।

राजगुरुः छोरा त्यसो भए मैले एउटा चिठी लेखेर दिन्छु आचार्यलाई  वन्दना गरेर दिनु ,ध्यान गरेर अध्ययन गर्नु ,अभिमान नगर्नु त्यहां अरु पनि विद्यार्थीहरु आउ्रछन् कसैलाई आफु भन्दा कम नठान्नु समान व्यवहार गर्नु ।

अहिंसकः बुवा चिन्ता नगर्नु होला । हजूरको आज्ञा अनुसारनै गर्नेछु, अहंकार नगरिकन विद्या हांसिल गर्नेछु ।

भोली पल्टको दृष्य

भोली पल्ट अहिंसक तक्षशीला जान तयार हुन्छ आमा बुवालाई ढोग गरेर जान्छ ।

मन्ताणीः आय † हजुरले छोरालाई त्यति टाढा पठाउन किन अनुमती दिनुभयो ।

सबै हेर विचार र खर्चको लागि महाराज बाट हुकुम भएकैछ ।

राजगुरुः मन्ताणी † डांका हुनबाट बच्न नै अध्ययन गर्न महाराज बाट खर्चको बक्स भएको हो ।

मन्ताणीः आर्य † हाम्रो छोरा यति कोमल र ज्ञानी छ किन डांका होला र ? मलाई विश्वासनै लागेकोछैन ।

राजगुरुः विश्वास त मलाई पनि लागेकोछैन ।

ज्योतिषले राजाको सामुनै भविष्यवाणी गरेकोले हामी सतर्क हुनुपरेको होे ।

मन्ताणी ज्योतिष शास्त्रनै झूठो हुन पनि सक्छ नि ।

राजगुरु मन्ताणी । शास्त्र झुठो त  हुंदैन तर ज्योतिषले गर्ने गणितफल गल्ति हुन सक्छ ।

जे होस हामीले राजाको ईच्छा अनुसार हिंडनुनै बेस हुन्छ ।

अहिंसकलाई तक्षशीला पठाउने कुरा पनि दरबारमा सल्लाह भईसकेकोछ बरु छोरालाई अनिष्ट नहोस भनेर कामना गरौं ।

मन्ताणीः हवस † हजूरले भने पछि अब अरु के लाग्छ ?

मन्ताणी आफ्नो छोरालाई आफूबाटटाढा पठाउनु परेकोमा रुन्छिन् ।

तेश्रो दृष्य

स्थानः तक्षशीलाको आश्रमः

विद्यार्थीहरु आ— आफ्नो स्थानमा बसेर अध्ययन गरि रहेका हुन्छन् ।

एक स्थानमा चार जनाको समूह छ  । दिकपाल, यशपाल शूरसेन र बिक्रम ।

दिकपालः — यशपाल † तिमीले त हिजो गुरुलाई खुसि बनायौ । गुरुले तिम्रो प्रशंसा गर्दै हुनुहुन्थ्यो मल्लयुद्धमा   अरुले तिमीलाई जित्न सम्भव छैन रे ।

यशपालः — दिकपाल † किन चिन्ता गर्छौ तिमी पनि त कम छैनौ । तिमीलाई पनि गुरु बाट धर्नुिर्वद्यामा त्यति प्रशंसा नगर्नु भएको कहां हो र ।

दिकपालः— हाम्रो कस्तो राम्रो भाग्य होईन आचार्यले एक एक शिष्यहरुको पुरा ध्यान गर्नुहुन्छ ।

प्रत्येकलाई राजनीति, धर्मनीति, अर्थनीति, लोकनीति सबैै पढाउनुहुन्छ कस्तो सरल र कति मृदुभाषी होईन ?

हामी त उहांका छोराहरु जस्तै पो छौं त ।

बिक्रमः—यशपाल † आचार्य आउने बेला भयो अब हामीले प्रार्थना गर्न तयार हुनुपर्छ है ?

ल अब हामी प्रार्थना गरौं ।

शूरसेनः — विक्रम † म सित त स्मरण शक्तिनै छैन जति आचार्यले पढाए पनि बिर्सन्छु ।

आज त मलाई आचार्यले डण्ड दिनुहुन्छ होला ।

यशपालः— बिक्रम † तिमी त गुरु आमाको सेवा गर्न खुबै सिपालु छौ नि,

गुरुआमाले सिफारीस गरेपछि माफी भैहाल्छ नि किन चिन्ता गर्र्छौै

बिक्रमः —तर यशपाल आचार्यको सेवा गर्न त यस्लार्ई कस्ले जित्छ । त्यसैले त होला यस्लाई नीतिशास्त्र नसिकाई कृषि र युद्धविद्या मात्र सिकाउनु भएकोछ ।

अहिंसक को प्रवेष हुन्छ ।

टाढाबाट आउन लागेको अहिंसकलाई देखाउंदै उ त्यो को आउन लागेकोछ  हेर त नयां मान्छे

शूरसेनः— यहीं आचार्यको गुरुकूलमा पढन आए जस्तोछ । चुपलाग यस्को मैले परिचय लिन्छु है ? ।

अहिंसकः— नमस्कार मित्रहरु † यहां दिशापामोक्ख आचार्यको आश्रम कहां छ तपाईंहरुलाई थाहा छ कि ?

यशपालः— किन र कहां बाट आउनुभयो के काम छ होला ?

अहिंसकः — म श्रावस्ती बाट आएको । आचार्य सित उच्च शिक्षालाभ गर्न आएको हुं ।

दिकपालः— हामीहरु उहांकै शिष्यहरु हौं ।

अहिंसकः— अहोभाग्य । आचार्यको कति बेला दर्शन गर्न पाईएला ? ( आश्चर्यपुर्वक खुसि मान्दै )

यशपालः— आचार्य पाल्नु हुने बेला भयो । बसौ प्रार्थना गर्ने बेला भयो । अहिंसकलाई बस्ने एउटा चकटी आसन दिन्छ ।

गुरु को प्रवेश हुन्छ ।

गुरुको आदेश हुन्छः  ल प्रार्थना सुरु गर शिष्यहरु ।

सबैले प्रार्थना गर्छन अहिंसक आंखा चिम्लेर सुनिरहन्छ ।

प्रार्थनाः

मनभावले पुष्प लिई भक्तिमा आयौ हामी बालक

ज्ञान बुद्धि दिनुहोस पुष्प चढाई पुजा गर्छौ हामी बालक ।

सुन्दर कोमल भाव भएकि, राजहंसमा सवार भएर

विणा पुस्तक धारण गरि हातमा बिणा बजाई ।

शोभित गलामा मोती माला लगाई , विद्या ज्योति सबमा जगाई

हामीलाई दयागरि विद्या दिनुहोस वन्दना गर्छौ हजूरको पुष्प चढाई ।

प्रार्थना पूरा भए पछि अहिंसक उठ्छ गुरुले अहिंसकलाई देखेर सोध्छ ।

आचार्यः— वत्स † तिमी को हौ कहां बाट आयौ ?

अहिंसकः— आचार्य प्रणाम । म श्रावस्ती बाट आएको हुं अन्तक र मन्तानीको पुत्र हुं मेरो नाम अहिंसक हो ।

आचार्यः —कल्याण होस ।

अहिंसकलेः— पत्र दिएर— आचार्य † यो बुवाले पठाउनु भएको पत्र (हातमा दिंदै) बुवाले प्रणाम भन्नुभएकोछ ।

आचार्यः— पत्र लिएर — बस † ( पत्रमन मनै पढछन् ।) अहिंसक ।† पत्रमा तिमीलाई अन्तेवासी भई अर्थात यहां गर्नुपर्ने काम गरी पढने भनेर लेखेको रहेछ । के तिमीले कठिन काम गररे बस्न  सक्छौ ?

अहिंसकः आचार्य । हजूरको छाहारीमा बसेर जस्तोसुकै काम गर्न पनि अहोभाग्य सम्झनेछु ।

आचार्यः —यहांको काम गर्न गाह्रो होला तिमीले विचार गरेर मात्र हुन्छ भन ।

अहिंसकः — मेरो निम्ति आचार्यको सेवा गर्नु केहि पनि गाह्रो हुने छैन ।

आचार्यः — हुन्छ त त्यसो भए आजलाई आराम गर ।

अनि शूरसेन † तिमीले अहिंसकलाई तिम्रो कोठामा लैजाउ आज देखि एक जना साथी पायौ ।

हवस गुरु भनेर प्रणाम गरेर शूरसेन र अहिंसक जान्छन् । हामीले पनि नयां साथी पायौं ।

आचार्यः — ल नयां पुरानो साथीहरु मिलेर के गर्नु पर्छ तिमीहरुलाई भनिरहनु नपर्ला ।

बिक्रमः — आचार्य † हामीले आश्रमको नियमलाई पूरै पालन गर्छौं ।

( ब्राम्हणीको प्रवेश हुन्छ )

आचार्यले ब्राम्हणी तिर हेरेर भन्छन् — प्रिय † आज पनि एक विद्याथी बढ्यो देख्यौ ?

ब्राम्हणीः — आर्य † यिनि कहां बाट आएको हो , को हो ?

आचार्यः — कोशलाधिपती महाराज प्रसेनजितका राजगुरुको पुत्र अंहिंसक हो ।

ब्राम्हणीः— आर्य हाम्रो सौभाग्य हो , हाम्रो यहां देशका राजपुत्र तथा राजगुरुका शिक्षाको लागि आई रहेकाछन् ।

आचार्यः —प्रिय † यो बालक हेर्दा अरु भन्दा प्रभावशाली देखिन्छ । राजाको सिफारीस पाएको राजगुरुको छोरा भएर पनि विनम्र छ । हाम्रो आश्रममा शिक्षाको लागि अनुरोध गरि पठाएकोछ ।

ब्राम्हणीः — आर्य त्यसो किन ?

आचार्यः— सायद अभिमानी  नभएर विनयी होस भनेर होला ।

ब्राम्हणीः — उस्ले यहांको कठोर नियम पालन गर्न सक्ला ?

आचार्यः — बालक दृढ र प्रतिज्ञ देखिन्छ अवश्य पालन गर्ला । अहिले शूरसेनसित संगै बस्न दिएकोछु ।

ल म पनि अब विद्याथीहरुलाई शिक्षा दिन जान्छु । तिमी आश्रम जानु है ?

ब्राम्हणी ले हवस भन्छीन् ( दुबै जना जान्छन् )

चौथो दृष्य

स्थानः आचार्यको उपवन

सबै विद्यार्थीहरु आ आफ्नो चकटी आसनमा बसे्काछन् ।

अहिंसकः — मनमनै गुनगुनाउंदै …..अहां कस्तो मनमोहक उपवन कस्तो राम्रो यहीं एक छिन ध्यान बस्नु प—यो । आचार्य कहां अहिले काम पनि छैन फुर्सदको समयलाई किन सदुपयोग नगरु ।  पद्मासन कसेर ध्यान मुद्रामा बस्छन् —नेपथ्यबाट मधुर धुन बजिरहन्छ यति बेला अहिंसक जवान भई सकेको हुन्छ ।

शुरसेन नजिक आएर ख्वाक्क खोक्छ । अहिंसकको आंखा खुल्छ  ।

शूरसेनः — अहिंसक । तिमीलाई कति खोजें तिमी त यहां पो ध्यान लगाएर बसेका रहेछौ ।

लौ गुुरुजीले तिमीलाई सम्झनु भएकोछ ।

अहिंसकः — यसो बचेको समयलाई सदुपयोग गरेर ध्यान बसेको त समय गएको थाहै भएन ।

गुरु संग क्षमा माग्नु पर्ला ।

(दुबै जना त्याहां बाट जान्छन् )

अर्को तिर बाट विद्याथीहरुको प्रवेष हुन्छ — शूरसेन, दिकपाल,यशपाल अहिंसक र बिक्रम ।

शूरसेनः— साथीहो † आज गुरुले हामीलाई धार्मिक प्रश्न गर्नुहुन्छ तर मलाई केहि आउंदैन के गर्ने ?

अहिंसकः— शूरसेन † मैले तिमीलाई अस्तीनै भनेको होईन तिम्रो काम मैले गरि दिन्छु ,

तिमी अध्ययन गर्न बस भनेर । तिमी धेरै पढ ।

दिकपालः — हो नि त यो शुरसेन पनि कस्तो होला जति पढे पनि केहि आउंदैन ।

शूरसेनः — अहिंसकले मलाई कति सघायो मलाई पढन मनग्गे समय मिलाईदियो तर मेरो मगजै कस्तो हो कुन्न केहि आउंदैन ।

यशपालः — मैले त लेख्नुपर्ने सबै लेख्छु तर दर्शनको बिषय आयो भने मेरो टाउको चर्किन थाल्छ केहि बुझ्दीन भने  ।

अहिंसकः — यशपाल † यसरी निराश हुनुहन्न के  ।

आज नसम्झे भोली त सम्झीहाल्छ नि नआए फेरि आचार्य सित सोध्ने नि त ।

यशपालः — मलाई त कुन्नी किन हो आचार्य सित सोध्नै डर लाग्छ ।

अहिंसकः — किन डराउने । आचार्य त पिता समान हो ।

आफुले नजानेको सोधेन भने कसरी जान्ने कसरी सिक्ने ?

बिक्रमः— हो नि त पढन सकिएन जान्न सकिएन भने अपराध गरेको अपराध भएन त ।

अपराध भए पछि डर नमानोस पनि कसरी ?

अहिंसकः — होईन यो कुरामा म सहमत छैन किन भने हामी मान्छे हो हामी बाट गल्ती कमी कमजोरी हुनु स्वभाविक हो । यसमा हामी डराउनहुंदैन । बरु आफ्नो दोष स्विकारेर अब यस्तो नहोस भनेर उपाए गर्नु पर्छ ।

बिक्रमः — त्यो त हो कहिले गुरुले सिकाएको नै बुझिंदैन अनि बुझन खोज्दा यहां आएको यत्तिका दिन भईसक्यो कस्तो नआएको भनेर सबैका सामु भन्दा लाज लाग्दैन ?

अहिंसकः — साथीहो यही त हाम्रो कमजोरी हो आफुले पनि नजान्ने अनि जानेन भन्दा पनि लाज ।

शूरसेनः — गुरु आउने बेला भयो सबै चुपलाग ।

सबै चुप लाग्छन् ।

गुरुजीको प्रवेश हुन्छ ।

सबैजनाः — प्राणाम आचार्य ।

आचार्यः — कल्याणहोस । आज तिमीहरु सित प्रश्न गर्ने दिन हो ध्यान दिएर प्रश्न सुन ।

सबैले हवस गुरु । भन्छन् ।

आचार्यः — पुरुषको निम्ति श्रेष्ठ धन के हो ?

केलाई पालन गरे सुख हुन्छ ?

रस मध्य के को रस उत्तम हुन्छ ?

बिक्रमः — उठेर अकमकीएर उत्तर दिन्छ — धन मध्य हिरा मोती मनुष्यको निम्ति श्रेष्ठ धन हा ।

अनि छोरा छोरीहरुको लापनपोषण गरेपछि सुख प्राप्त हुन्छ ।

रस मध्य गोरस अर्थात गाईको दुध घीउ उत्तम हुन्छ ।

आचार्यः — मिलेन । कस्ले भन्न सक्छ ?

सबै जना चुप लाग्छ

तर अहिंसकले भन्ने उत्सुक देखेर  —अहिंसक । तिमीले भन ।आचार्यले प्रश्न गर्छन् ।

अहिंसकः —धन मध्य श्रेष्ठ  श्रद्धा ।

धर्र्म पालन गरे सुख हुन्छ ।

रस मध्य सत्य नै श्रेष्ठ हुन्छ ।

आचार्यः — स्यावास † अहिंसक तिमीले भनेको ठीक हो ।

यशपाल तिमीले भन त के गरे धन,कीर्ती  लाभ हुन्छ ?

यशपालः — आचार्य † व्यापार गरे धन लाभ हुन्छ ।

समाजको लागि केहि गरे किर्ती लाभ हुन्छ ।

आफुले दिन सके मित्रलाभ हुन्छ ।

आचार्यः — पछिल्लो एउटा बाहेक अरु मिलेन ।

अल्छी नमानी मेहनत गर्न सके धन लाभ हुन्छ ।

सत्य व्यवहारले कीर्ति लाभ हुन्छ ।

अब शूरसेन तिमीले भन त । शिल्पविद्या कति किसमका छन् र ति के के हुन्  ?

शूरसेनः — चुपलागेर बसि रहन्छ ।

आचार्यः — राम्ररी सम्झेर भन । —

तर शूरसेन केहि नबोलेर बसिरहन्छ ।

आचार्यः — शुरसेन तिमीलाई के भयो जहिले सोधे पनि उत्तर दिन्नौ ।  अहिंसक तिमी भन त ।

अहिंसकः — धन्यवाद आचार्य मौकाको लागि आचार्य शिल्प विद्या  १८ वटा छन् —श्रुती,स्मृति,सांख्य,योग,न्याय,वैशेषिक,संगीत,गणित,धनुर्वेद,आयुर्वेद,पुराण,ईतिहांस,ज्योतिष, छन्द, माया, तर्क, मन्त्र र शव्द  छन् ।

( यस्लाई पात्रले कण्ठ गर्न नसके १८ मात्रै भन्ने र जस्तै भनेर एक दुई वटा मात्रै भने पनि हुन्छ )

आचार्यः —ठीक छ शिष्यहरु हो । तिमीहरुले यत्तिका दिन देखि मसित अध्ययन गरि रहेर पनि उत्तर दिन सक्तैनौ  ? तर हेर त अहिंसक आएको कति दिन भयो ? सबै उत्तर ठीक दिन्छ । तिमीहरुले अलि मन लगाएर ध्यान गरेर अध्ययन गर । आ—आफनो आसन लिएर अभ्यास चोकमा गईराख म त्यहीं आउंछु ।

सबै जना हवस भनरे जान्छन् ।

आचार्यले अहिंसकलाई भन्छन् तिमी एक छिन पख । अहिंसकले हवस भनेर पर्खीन्छ ।

आचार्यः — आज श्रावस्तीबाट पत्र आएकोछ तिम्रो बारेमा सोधिएकोछ ।

अहिंसकः — आचार्य † त्यहां सबै जना कुशलै त छन् ? भनेर उत्सुक भएर सोध्छ ।

आचार्यः — अं कशलै छ । अनि तिम्रो प्रगतिको बिषयमा पनि पत्र पठाई सकेकोछु ।

पत्र हेररे अवश्य खुसी हुनुहुनेछन् ।

अहिंसकः — यो सबै हजूर कै कृपा हो आचार्य ।

आचार्यः — तिमी जस्तो शिष्य पाएर म हर्षित भएकोछु । अहिंसक †

अहिंसकः आचार्य † म पनि गौरान्वित भएको छु हजूर जस्तो आचार्य पाएर ।

आचार्यः आज तिमी आश्रममा आउ त्यहां  गुरुमालाई सोधेर गर्नु पर्ने कामहरु भए काम गर ।

अनि तिमी अभ्यास चोकमा आउनु पर्दैन ।

अहिंसकले हवस भनेर प्रणाम गरेर जान्छ ।

पर्दा खस्छ ।

पांचौं दृष्य

स्थानः गुरुकुल आश्रम ( मधूर धुनमा पर्दा बिस्तारै खुल्छ )

अहिंसक ले पर्दा पछाडी बाट दाउरा चिरेको स्वर सुनिन्छ खल खल पसिना बगाउंदै

दाउराको अंगालो लिएर प्रवेश गर्छ —गुरुमा चामल केलाई रहेको हुन्छ ।

ब्राम्हणीः — अहिंसक । दाउरा छंदै थियो कति धेरै काम गर्छौ ह ? तिमीलाई कतिचोटी भनि सकें ।

यति धेरै काम नगर तर मान्दै मान्दैनौ ।

अहिंसकः — गुरुमा कहां धेरै काम गरेकोछु र भोली यज्ञ गर्ने रे अनि यो भएको दाउराले पुग्दैन नि ।

ब्राम्हणीः — भैगो बा धेरै काम नगर आवश्यक जति सघाए पुगिहाल्छ नि ।

हिजो पनि झण्डै घोडा दौड प्रतियोगितामा घोडाले झण्डै लोटाई दिएको थियो ।

अहिंसकः —आमा । प्रतियोगितामा मेहनत नगरेको भए कहां सफल भईन्थ्यो र त्यसो त घोडा दौड त्यति गाह्रो लाग्दैन । बरु खड्गयुद्धको भने अलि मलाई गाह्रो भएको थियो ।

गुरुआमाः — झण्डै यशपालले तिमीलाई जितेको हगि ? तर हराई छोड्यौ ।

काम भन्दा बेस्सरी मेहनेत गरेर पढ है ?  तिमी बिरामी भयौ भने के गर्ने ?

अहिंसकः —आमा यो शरीरलाई जति आराम दियो त्यति आराम खोज्छ ।

जति काममा लगायो त्यतिनै स्वस्थ र बलीयो हुन्छ ।

गुरुआमाः— यसो भनेर क्षमता भन्दा धेरै काम गर्नु पनि त बुद्धिमानी होनन नि ।

( भुटेको मकै अघि राख्दै )ल पहिला खाजा खाउ अहिले सम्म केहि खाएको छैन । अब आचार्य पनि आउने बेला भयो । अहिंसकले बसेर मकै खान्छ ।

अहिंसकः —गुरुमा आज किन होला साथीहरु मसित अलि रिसाए जस्तोछ ,

हुन त मैले त्यस्तो केहि गरेको छैन जस्तो लाग्छ ।

गुरुमाः— कोहि रिसाएर के हुन्छ र तिमीले गुरुको बढी सेवा सम्मान गरेको देखेर डाहा गरेको होला ।

पढन पनि नआउने अनि तिमी जान्ने भएकोे के को डाहा भयो र ।

अहिंसकः — मैले पनि भरिसक्ये सघाउन कोशिश त गरेकै हो ।

तर आज भोली यशपाल दिकपालको मन अलि कस्तो कस्तो भएछ । मसित रिसाएको जस्तो गरेर टाढिन्छ ।

खाजा खाए पछि अहिंसकले पानी पिउंछ  ।

आचार्यको प्रवेश हुन्छ ।

आचार्यः ए । अहिंसक आए छौ ।

आचार्यः  हजूर आएं अब म अर्को काममा जान्छु गुरुमा ।

गुरुमाः हुन्छ जाउ ।

अहिंसक गएको आचार्यले हेरि रहन्छ । प्रिय । हेर न यो बालक कति कुलिन छ साह्रै तिक्ष्ण बुद्धि रैछ ।

सबै प्रतियोगितामा प्रथम भई रहेकोछ ।

ब्राम्हणीः — आचार्य तै पनि विजयको उस्मा पटक्कै घमण्ड छैन नि ।

आचार्यः — यही त उस्को बुद्धिमानी लक्षण हो । अब छिटै नै उस्लाई मेरो सहायक आचार्य बनाउंछु ।

अनि मलाई पनि अलि हलुका हुन्छ ।

ब्राम्हणीः— आर्य उस्को प्रगतिको कुरा  कोशल राजाले थाहा पाए कति खुसि हुनुहोला हैन ?

आचार्यः — यो त उस्कै मेहनतको प्रतिफल हो । अनि अहिंसक कता गएछ  । अहिंसक……. भनेर बोलाउंछ ।

(अहिंसक को प्रवेश हुन्छ नम्र भएर हात जोडेर आईपुग्छ ) —आए ंआचार्य आज्ञा होस ।

आचार्यः —अहिंसक तिमीले मलाई अब एउटा सहयोग गर्नु पर्छ ।

अहिंसकः — आज्ञा होस † आचार्य मैले के गर्नु पर्छ तयारछु ।

आचार्यः — तिमीले भोली देखि ति पांच सय शिष्य मध्य दुईसय जवानलाई मेरो अनुपस्थितिका समयमा शिक्षा दिनु ।

अहिंसकः — आचार्य मेरो सौभाग्य हो । आचार्य हजूरको महान करुणा हो । अवश्य गुरुको आज्ञा पालन गर्छु  । (भनेर प्रणाम गर्छ ।)

आचार्यः — अरु निर्देशन भोली दिउंला आज म आवश्यक कामले बाहीर जांदैछु । आवश्यक काममा पनि सहयोग गर्नु ।

अहिंसकः — आज्ञा शिरोपर । (गुरु बाहिर निस्कन्छन् )

गुरुमाः— अहिंसक । तिमीलाई समय छ भने धर्मकोे बारेमा केहि सुनाउ न मलाई पनि धर्मको बारेमा सुन्न मन लागेकोछ ।

अहिंसकः — हुन्छ गुरुमा सुनाउंछु (पुस्तक खोलेर सुनाउन थाल्छन् गुरुमा मन्त्रमुग्ध भएर सुन्न थाल्छीन )

छैठौै दृष्य

स्थानः — आश्रम

पात्रहरुः दिकपाल,यशपाल,शुरसेन र बिक्रम  ।

बिक्रमः — अहिंसक भए पछि अब हाम्रो यहां कुनै अस्तीत्व हुंदैन । हिजो घोडा दौड प्रतियोगितामा यशपालले जित्छ भनेको त हार्न पुग्यो ।

यशपालः — के गर्ने अहिंसक हामी भन्दा हरेक बिषयमा अगाडी नै भएकोछ ।

अहिंसकले नदेख्ने गरि उस्को घोडालाई बिच्काएका त थिएं नि र चतुरले  सम्हाली हाल्यो  ।

बिक्रमः —अस्ति खड्ग प्रतियोगितामा पनि शुरसेनले जित्ला भनेर कत्रो आसा थियो त्यसमा पनि उस्ले जित्यो ।

शुरसेनः — के गर्ने काटी हालौंकि जस्तो पनि भएको थियो त्यो गर्न मिलेन । बलले र दाउले केही गरि त्यस्लाई जित्नै सकिएन ।

दिकपालः — कुनै बिषयमा उस्लाई कसैले हराउन सकेन कस्तो बुद्धि होला ।

त्यहि भएर त उ गुरुको प्यारो भएकोछ ।

शुरसेनः— रिसाएर के गर्ने त्यो अहिंसकलाई मार्न पाए पनि सन्चो हुन्थ्यो ( हात मल्दै) केहि हुन्छ कि भनेर गुरुको सेवा पनि गरें । तर मेरो वास्तानै छैन जे गरे पनि अहिंसक, यसो गरे उही ।उसो गरे उही कति प्यारो भएको हो ।

बिक्रमः — ए गुरु आउनु भए जस्तो छ है ।  गुरुको प्रवेश हुन्छ ।

सबैै जना —आचार्य प्रणाम । आचार्य ः — कल्याण होस ।

यशपालः — गुरु । हामी हिजोको प्रतियोगिता बारे समीक्षा गर्दै थियौ ।

आचार्यः — तिमीहरुले जान्ने सिक्ने कोशिश त गरेका हौ तिमीहरु हारेको कारण अरु होईन  लगनशील नभएर हो ।अहिंसक तिमीहरु भन्दा बढता लगनशील र दृढ निश्चयी छ मैले छुट्टा छुट्टै पढाएको पनि होईन । एउटै कक्षमा बराबरनै सिकाएकोहो । आफ्नो मन अरुको बिषय तिर लगाउनुहुन्न भनेर कति पटक भनेकोछु तर तिमीहरुको यही कमजोरी हो ।

सबैले — क्षमा गर्नुहोस । आचार्य हामीबाट गल्ति भयो ।  हामी कोशिश गर्छौ  ।

(अहिंसकको प्रवेश हुन्छ )      — प्राणाम आचार्य ।

आचार्यः — कल्याणहोस । आज सम्मको परिक्षा र प्रतियोगिताको परिणामको विचार गर्दा अब देखि दुई सय जवानलाई अहिंसकले शिक्षा दिनेछ । यस्मा तिमीहरु सहमत होलाउ भन्ने विश्वास छ ।

यशपालः— साथीहरुको मुख तिर हेरेर आज्ञा शिरोपर गुरु ।

आचार्यः —अहिंसक तिमीले अब गएर कक्षा संचालन गर म आश्रमको व्यवस्था हेर्न जान्छु ।

अहिंसकः — आज्ञाशिरोपर गुरु भनेर गुरु र अहिंसक  जान्छन् ।

शुरसेनः — (मुख बिगारेर) लौ साथीहो पायौ यत्तिका दिनका मेहनतको परिणाम   ।

यशपालः— केहि त गर्नै पर्छ यो हाम्रो शत्रुको रुपमा अहिंसक भयो यस्लाई यहां बाट हटाउने उपाए त केहि गर्नै पर्छ ।

यो आए देखि हाम्रो कुनै भाउ नै छैन हामी माथि धेरै नै पक्षपात भएकोछ ।

बिक्रमः — हो नि त त्यो आएदेखि त्यसैलाई मात्रै आफ्नो छोरालाई झै सिकाउनुहुन्छ ।

अनि सहायक आचार्यको पद पनि उसैलाई ?

यो त साह्रै अचाक्कली भयो । यसलाई अलग नगरे सम्म हामीले हाम्रो उन्नति पनि हुन्न ।

न त कुनै प्रगति  देखाउन पनि सक्तैनौ ।

दिकपालः— जे जस्तो सुकै भए पनि यस्लाई  यहांबाट हटाउनै पर्छ कुनै न कुनै दोष लगाएर ।

सांच्चै पनि गुरुलाई रीस उठ्ने केही षडयन्त्र गर्नु पर्छ ।

शुरसेनः — घोरिएर विचार गर्दै षडयन्त्र त गर्ने असफल भईयो भने बर्बाद हुन्न ?

दिकपालः — यो हामी भित्र मात्रै सिमित राख्ने । केहि गरेर बाहिर निस्क्यो भने त्यसलाई उपचार गर्नु पर्ला ।

अब के गर्ने त विचार गरौं ।

शुरुसेनः — अहिंसक गुरुको अन्तपुर सम्म पुग्ने मान्छे हो ।

अनि गुरुमाले पनि उस्लाई नै धेरै मायां गर्नुहुन्छ ।यसैले गुरुमा सित अनुचित सम्बन्ध छ भनेर गुरुलाई पत्यार लाग्ने गरि कुरा लाउनु पर्छ । हामी सबैले पालै पालो कुरा लगाऔं र षडयन्त्र गरौं । सबैले भने पछि कसो नपत्याउनुहोला ।

बिक्रमः— अनि हामीले लगाएको करा गुरुले विश्वास गर्नुहोला र ?

शुरसेनः — एकै चोटी त पत्यानुहुन्न पक्कै । हामीले पटक पटक भन्यौ भने अवश्य हुन्छ ।

पहिला जानेले गाली खानु पर्ला । पहलिा म नै जान्छु । तर कहिले देखि जाने सुरु गर्ने ?

दिकपालः — भोली देखि नै ।

सातौ दृष्य

स्थानः आश्रम

आचार्य एक्लै शास्त्र पढी रहेको अवस्थामा शुरसेनको प्रवेष हुन्छ ।

शुरसेनव — प्रणाम आचाय †

आचार्यः — कल्याण । अं के कामले आयौ केहि भन्नु पर्ने छ कि ?

शुरसेनः — अलि डर मान्दै — आचार्य एउटा महत्वपूर्ण कुरा भनुंकि भनेर आएको ।

आचार्यः— भन न त के कुरा हो ।

शुरसेनः — कुरा वास्तविक हो रिसानी माफ होस । कुरा कुरा अलि अपठेरो मान्दै …………… ।

आचार्यः — होईन के कुरा हो स्पष्ट भनन किन आत्तिएको ।

शुरसेनः— त्यो अहिंसक छ नि त्यल्ले ….. ।

आचार्यः — के ग—यो उस्ले ? (भनन आश्चर्य मान्दै ।)

शुरसेनः— हाम्रो गुरुमा सित अनुचित सम्बन्ध राखेको हामीलाई ठिक लागेन ।

आचार्यः — दिमाग त ठिकछ तिम्रो ।  यो अनावश्यक कुरा  तिमीहरुले जेपायो त्यहि भन्छौ ।

शुरसेनः — क्षमा पाउं गुरु तर कुरा सांच्चै हो ।  त्यहि समयमा दिकपालको प्रवेश हुन्छ ।

दिकपालः —प्रणाम  आचार्य ।

आचार्यः — कल्याण । अनि तिमी के गर्न आयौ ?

दिकपालः— आचार्य क्षमा पाउं गुरुकुलको बेईज्जत हेर्न नसकेर बिन्ती गर्न आएको हुं ।

आचार्यः — के कुरा हो ?

दिकपालः — अहिंसकको कुदृष्टि हाम्रो गुरुमा सित परेकोछ अनुचित सम्बन्ध छ भन्दा पनि लाज लाग्छ ।

आचार्यः— बदमासहरु † गुरुकुलमा के राम्रो के नराम्रो तिमीहरुले चिन्ता लिनु पर्दैन ।

दिकपाल —जतासुकै चर्चाको बिषय भएकोछ गुरुकुलको गौरवलाई तहसनहस हुन दिनु भएन भनेर बिन्ति गरेकोहुं । क्षमा पाउं ।

आचार्यः— क्रोधित भएर —तिमीहरु बाहिर जाउ   ।

दुबै जना बाहिर जान्छ आचार्यले त्यसै बिषयमा विचार गर्छ ……………. ।

अहं अहिंसकले यस्तो घृणित काम गला ? हुनै सक्तैन ।मेरो पत्नीलाई आमा समान सम्मान गर्छ गौरव राख्छ । अर्को दिन

आचार्य समक्ष (यशपाल र बिक्रमको पनि प्रवेश हुन्छ ।

यशपालः — प्रणाम आचार्य । हामीलाई असल शिक्षा दिनुभयो बाटो देखाउनुभयो हामी गुरु द्रोही हाईनौं ।

बरु त्यो अहिंसकले हजूरको सामु सेवा चाकरी गरे जस्तै गरेर आफैलाई गुरुसमान सम्झेकोछ  ।

उस्ले पनि थप्यो हो ) आचार्य हामीले यस्तो घृणित कार्यलाई सहन नसकेर बिन्ति गर्न आएको हो ।

यशपालः— आचार्य क्षमा गर्नुहोस ।

हाम्रो कुरामा विश्वास नगर्नुहोस तर आफैले विचार गरेर हेर्नुहोस ।

दुबै जना बाहिर जान्छन्

आचार्यः— सबैको कुरा सुने पछि —क्रोधित भएर चण्डाल † यो अहिंसकलाई मैले बांकि राख्दिन मेरो पत्नी माथी अनुचित सम्बन्ध राख्ने व्यभिचार गर्ने ?असत्य कुरा भए एकदुई जना मात्रै नभएर सबैले किन भने ?

ब्राम्हणीको प्रवेश हुन्छ । आचार्यको क्रोधपूर्ण स्थिति देखेर डराएर फर्किन्छ ।

आचार्यः —कलंकिनी किन के भो भनर नसोधि फर्कि । पक्का पनि यस्मा रहस्य छ ,यस कलंकिनीले त्यो अपराधि सित अनुचित सम्बन्ध राखेकै हो । त्यसैले त त्यस्को मात्रै प्रशंसा गरि रहन्छ ।

आचार्य छटपटाएर भुनभुनाउंदै एता उती गरि रहन्छ । यस अहिंसक अपराधिलाई यस्को सजाए दिनै पर्छ ।

मारें भने अरुले सबै थाहा पाउंछ । स्वास्नीलाई निकालुं भने पनि बेईज्जत हुन्छ । बरु अहिंसकलाई अरुको हात बाट हत्या गराउनु ठिक हुन्छ । त्यसै गर्छु ।

अहिंसक । अहिंसक † ए अहिंसक ।

अहिंसकः — दगुरेर हस्याङ्ग फस्याङ्ग गर्दै आई पुग्छ । प्रणाम आचार्य ।

आचार्यः कल्याण । अं तिमीले मेरो धेरै सेवा चाकरी गरेका छौ तिमी बाट म अति प्रशन्न छु ।

तिमीलाई मैले सहायक पद पनि दिएं ।

महत्वपूर्ण मन्त्र पनि  पढाउंदैछु । अब लगभग तिम्रो पढाई सिद्धियो ।त्यो मन्त्रको काम लिन ठूलै पुजा गर्नु पर्छ त्यस पूजाको लागि तिमीले सामान जुटाउन सकौला र ?

अहिंसकः — आज्ञाहोस आचार्य मैले के सामान जुटाउनु पर्छ ।

आचार्यः —प्रिय शिष्य अहिंसक अरु सामानको जोरजाम त भएकैछ तर एउटा सामान साहै्र गाह्रो प—यो ।

अहिंसकः — आचार्य† आज्ञा त होस त्यस्तो के सामान होला र मैले ल्याउन नसकुंला ।

आचार्यः — अनकनाउंदै ….. त्यो सामान हो मानिसको एक हजार चोर औंला । र यो तिमीले गुरु दक्षिणाको रुपमा दिनु पर्छ ।

अहिंसकः— आचार्य † म अहिंसकहुं मानिसको हत्या गरेर चोर औला एक हजार ल्याउनु पर्ने ?

आचार्यः— हो त्यहि कठीन भएर त गाह्रो भयो तर मलाई तिमीमा पूरा विश्वास छ मलाई र गुरु दक्षिण नदिए सम्म शिक्षाको पनि कुनै अर्थ हुंदैन र तिम्रो मन्त्र शिक्षा पनि पूरा हुंदैन ।

अहिंसकः — आचार्य † हजूरको आज्ञा हो भने  गुरुदक्षिण अवश्य पूरा गर्छु ।

आचार्यः— हो प्रिय शिष्य तिमी प्रति पूर्ण विश्वास छ शस्त्र समाउ अनि एकहजारवटा मान्छेका चोर औंलदा लिएर आउं ।

अहिंसकः — आचार्य प्रणाम । प्रतिज्ञा पूरा गरेर हजूरको सामु उपस्थित हुन्छु ।

अहिंसक गए पछि आचार्यः — मन मनै कल्पना गर्न थाल्छ बल्ल मन हलुको भयो कुचो लगाउनु पर्ने धुलो  हावाले  उडाउने भयो । तं गुरु द्रोहीको सजाए यही हो भोग र गर आफ्ना् कुकर्मको फल ।

आचार्य मुरमुरिंदै प्रस्थान गर्छ ।

विद्याथीहरु शुरसेन , बिक्रम, दिकपाल र यशपालको प्रवेश हुन्छ ।

शुरसेनः— कस्तो लाग्यो त साथीहरु मेरो योजना ?

दिकपालः— साथीहरु योजना सफल भयो भनेर मात्तिने होईन चुप लागेर बस्नुपर्छ गुरुआमाले थाहापाए फेरि बर्बाद हुन्छ नि ।

यसपालः — हो हामीले थाहा नपाए झै गरि बस्नु पर्छ गुरुआमालाई अहिंसक बाहिर गएको थाहाछैन ।

शुरसेनः — ल साथी हो अब तिमीहरु फेरि गुरुको प्रिय शिष्य र विव्दान पनि हुने भयो हैन त ? हरर हांस्छन् ।

पर्दा बन्द हुन्छ

आठौं दृष्य

स्थानः  जंगल

पात्र— अहिंसक

अहिंसकः — एक्लै गुनगुनाई रहन्छ  … गुरुलाई विश्वास दिलाएर आएं प्रतिज्ञा गरें तर एक हजार जनाको औंला कसरी प्राप्त गर्ने ?मान्छेको औंला जबरजस्ती काटेर त सम्भव छैन ।

त्यहां एक जना डांका आईपुग्छ हतियारधारी छुरा तरवार लिएको ।

डांकाः —बाटो छेकेर पख तयार होउ तं यहां बाट बचेर जान सक्दैनस मर्न तयार हो ।

अहिंसकः— के तिमीले यसरी नै जीवन बिताउने हो अनि तिमीमा दयामायां केही छैन ?

डांकाः— ए मलाई उपदेश दिने होईन । दया मायां भएको भए बालबच्चा पाल्न यसरी जंगल पस्नु पथ्र्यो ?

तेरो मर्ने समय आयो जस्को आराधना गर्नेहो गर ।

अहिंसकः — ठिकै छ म सित जे छ त्यो लैजाउ तर मलाई मार्नुनै किन पर्छ त ?

डांका ः बढता नबोल तंलाई मारेर लिएन भने शहर गाउंमा हल्ला गरि दिन्छस ।

अहिंसकः — लौ त त्यसो भए जे गर्ने हो गर । डांकाले अहिंसक माथि आक्रमण गर्छ । लडदा लडदैै अहिंसक प्रतिरक्षा गर्दै झुक्कीएर आफ्नो तरवारले आफै रोपिएर डांकाको मृत्यु हुन्छ ।

अहिंसकः — झण्डै उस्ले मलाई मारेको आफनो भूलले आफै मर्नु परेन विचरा । एक छिन त डरै डरले चारैतिर हेर्छ विचार गर्छ अब केगर्ने ? अं ….. अब बल्ल मैले बाटा पाएं यसरी नै बाटोमा आउने जाने लाई मारेर औंला काटेर लिन्छु । यो गुरु मन्त्र दिने तिमी बाटै उद्घाटन गर्छु भनेर छुराले डांकाको औंला काटेर लिन्छ ।

त्यसै गरेर अहिंसकले बाटोमा आउने व्यापारी ,मान्छेहरु माथि आक्रमण गर्दै औंला काटेर लिन थाल्छ ।

यस बेला नेपथ्यमा कोलाहलको आवाज …………. मरें …………मा—यो. आ………आ……आउनेहरुलाई केहिलाई लठ्ठी प्रहार ।

नेपथ्य बाट उद्घोष घन्कीन्छ ।

अहिंसक यस प्रकार मानिसहरुको औंला काटेर लिने हुंदा अंगुलिमाल नामले आतंक मच्चिन्छ सबै ठाउंमा डर त्रास फैलिन्छ ।

अंगुलिमालः — एक्लै हा…… हा……. हा……. हा ….. यस्तै गरे मेरो गुरुको लागि एक हजार औला पुगाउंछु ।

(कोशलराज्य भरि आतंक मच्चिएको समाचार राजा प्रसेनजित कहां पुग्छ ।

नवौ दृष्य

स्थानः कोशल राजा प्रसेनजितको दरबार कक्ष

पर्दा खुल्छ

(  प्रसेनजित ,पुरोहित राजगुरु,अमात्य, सेनापती र व्दारपालहरु आ आफ्नो स्थानमा ।

प्रसेनजितः —के समाचार छ राज्यको ? कसैले केहि दुख दिएको छ ?

अमात्यः महाराज राज्यको श्रावस्ती नगरमा अंगुलीमाल भन्ने डांकाले आतंक मच्चाई रहेकोछ ।

गाउंले जनता सबै हैरान भएका छन् डराएकाछन् ,गुहार मागि रहेका छन् ।

प्र्रसेनजितः — अनि कसैले प्रतिकार गर्न सकेको छैन ।

अमात्यः— प्रतिकार गर्ने कुरै छोडौ महाराज† नाम मात्रै लिएर अघि आयो भने सबै थर्कमान हुन्छन् ।

सेनापतीः — महाराज † हजूरको आज्ञा मात्रै होस त्यस डांकालाई भोलीनै समातेर ल्याएर हजूरको अगाडी राखि दिन्छौ ।

नेपथ्य बाट आवाज आउंछ ।

कोशल महाराजको जय † कोशल महाराजको जय † कोशल महाराजको जय †

प्र्रसेनजितः— व्दारपाल । नगरवासीलाई पटाङ्गिनीमा राखेर व्दारेहरुलाई मात्र यहां आउन भन ।

व्दारपालः— आज्ञा शिरोपर महाराज ।†

परसेनजितः — एउटा जाबो अंगुलिमाल डांकाले गाउंका गाउंनै उठनु पर्ने गरि उपद्रव मच्चाउंदा हाम्रा सेनाहरुले केहि गर्न सकेन ?

व्दारेहरु भित्र प्रवेश गर्छन ।

महाराजको जय होस †

व्दारेः — महाराज † अंगुलिमाल डांकाले गाउंलाई हास नास गरि सक्यो मान्छेहरु मारेर औंला काटेर लैजान्छ गाउं सुन सान भई सक्यो । हजूरबाट दया गरि जनताको रक्षा गरिदिनु होस ।

प्रसेनजितः —सेनापती , प्रजालाई यस्तो आपत परिसक्दा पनि मलाई अहिले सम्म किन जानकारी नभएको ।

सेनापतीः महाराज † स्यानो तिनो कामको लागि हजूरलाई दुःख नदिएर हामी आफै समाधान गर्छौ भन्ने प्रयासमा थियों ।

प्रसेनजितः भोलीनै हाम्रो सूरवीर सै्रनिकहरु लिएर समाउन पठाउ । भैगो तिमीहरु जाओ यस्को तुरुन्त व्यस्था हुन्छ ।

सेजापतीः— आज्ञाशिरोपर महाराज ।

प्रसेनजितः — सेनापती जाउ नगरमा प्रजालाई भय मुक्त हुन घोषणा गरेर सान्त्वना देउ ।

आमात्यः — हवस महाराज †

दशौ दृष्य

स्थानः — राजगुरु अन्तकको कोठा

मन्ताणी कोठा सफा गर्दै हुन्छन राजगुरुको प्रवेष हुन्छ । मन्तानीले राजगुरु तिर हेर्दै । भन्छन् —

मन्ताणीः — नाथ † आज किन हजूरको अनुहार मलिन छ ? के राजा रिसाई बक्सेकोछ कि ?

राजगुरु अन्तकः — त्यस्तो केहि होईन । आज भोली डांकाले दुख दिएर हैरान पारेको छ ।

त्यो अरु कोहि नभएर हाम्रो छोरा अहिंसक रहेछ ।

मन्ताणीः — हो र सांच्चै लौन के गरु कहां छ त्यो छोरा लौन ।

राजगुरुः —अब महाराजले भोली सूरवीरहरु पठाएर समात्न पठाउंदैछन् ।

मन्ताणीः — लौ न अब के गर्ने नाथ? छोरालाई खोजेर ल्याउनुहोस ।

यति कोमल मेरो छोरा कसरी डांका भयो होला ?

राजगुरुः — कहां खोज्न जाने मलाई डर लाग्छ ।

मन्ताणीः — छोरा देखेर डर मान्नु पर्छ ? जे गरेर भए पनि मान्छे पठाएर लिन पठाउनु होस नत्र म आफै गएर ल्याउंछु ।

राजगुरुः — कस्तो कुरा गरेकि तिमीले मान्छेले उस्को नाम सुन्ने बित्तिकै डराउंछन् कसैलाई बांकि राख्दैन रे । अनि तिमी गएर तिम्रो कुरा मानेर  आउंछ ।

मन्ताणीः —डांका नै भए पनि मेरो छोरा हो उस्लाई १० महिना गर्भमा राखेर हुर्काएकोहुं ।  समात्न लगाएर मार्न लगाउन सक्तिन जान्छु उस्लाई खोजेर ल्याउंछु । भनेर मन्तानी रुंदै बाहिर निस्कन्छीन् ।

राजगुरुः — कस्तो मातृ स्नेह हो  । मन्तानी तिमी नजाउ भनेको कुरा मान । लौन के गर्ने को छ हां त्यहां । त्यस डांका भएकोले आमा बुवालाई पनि चिन्दैन होला ।

उ पनि दोडेर जान्छ । ।

पर्दा बन्द हुन्छ ।

एघारौ दृष्य

स्थानः जङ्गल

नेपथ्य बाट उद्घोष हुन्छ — भगवान शाक्यमुनी बुद्धले सधै झै आज कस्को कल्याण गर्ने भनि ध्यान भावनाले हेर्दा अंगुलीमालको उपकार गर्नुपर्ने देख्नु हुन्छ । शाक्यमुनी बुद्ध जालिनी बन तिर जान लाग्नु हुंदा ग्रामवासीले भेटेर सोध्छन् ।

ग्रामवासी — भगवान प्रणाम ।

बुद्धः — सुखी होउ ।

ग्रामवासीः — भगवान कतातिर जान लाग्नु भएकोछ  ?

बुद्धः — आज यतै अंगुलीमाललाई बोध गर्न  भनेर जान लागेको ।

ग्रा . वाः — भगवान † त्यता नजानु वेस नहोला डांकु अंगुलीमाल साह्रै खतरनाक छन् धेरैको हत्या गरि सक्यो । मान्छे मारेर औंला काटेर माला लगाउंछन् । एक जना जटील ( ज्ञानी जोगी )पनि त्यहि बेला प्रवेष गर्छ ।

जटील — अहो गौतम कहां जान लाग्नुभयो ?

बुद्धः—अंगुलीमाल साहै्र उपद्रवी भएर हिंडेकाले उस्लाई बोध गर्न जालिनी जङ्गल तिर हिंडेको ।

जटीलः— के कुरा गर्नू भएको गौतम केहि समय अघि मात्रै कोशल राजाको सेना सुरवीरहरुलाई आधा मारिसक्यो रे सबै भागाभाग गदैछन् त्यस्तालाई बोध गर्न जाने ? त्यस्तो खतरनाक उपद्रवीलाई बोध गर्न नलाग्नुस गौतम ।

बुद्धः— त्यस्तै खतरा उपद्रवी भएकैले पनि म उस्लाई बोध गर्न जान लागेकोहुं ।उ संग धेरै धेरै पुण्य सम्भार छ उस्ले अवश्य मेरो कुरा सुन्नेछ ।

जटील —डांकाले पनि यो जटील र यो श्रमण गौतम भन्ला र त्यहां जानु आफैलाई आपतमा पार्नु हो ज्यानै  गए पछि केको बोध ।

बुद्धः — आबुसो † बुद्ध यस्तो अवस्थामा पछि हट्दैन मैले उस्लाई बोध गरि छाड्छु ।

जटीलः— लौ गौतम हठ गर्नुहुन्छ भने मेरो के लाग्छ मैले त तपाईंको भलो चिताएर भनेकोहुं ।

बुद्ध अंगुलीमाल भएको दिशा तर्फ जङ्गल तिर प्रस्थान गर्छन् ।

ग्रा. वासीः—  ( भगवन त्यता नजांदा राम्रो हुन्थ्यो  अब बुद्ध बांच्न गाह्रै पर्छ । )  (बुद्ध गए तिर हेर्दै ।)

दोश्रो ग्रा.वासीः— होईन भगवानको अतुलनीय  औलोकिक शक्तिछ अवश्य पनि अंगुलिमाललाई उपदेश दिएरै दमन गर्नुहुन्छ । उहां प्रति आक्रमण गर्नेहरु सबै बोध भएर गएकाछन् ।

जटीलः— कस्तो कुरा गरेको डांका र सैनिक एकै हुन्छन् र जे होस गौतमको आज अन्त्य हुने भो ।

पहिलो ग्रा.वासीः — होईन आज जसरी भए पनि भगवानले अंगलुमाललाई बोध गर्नुहुन्छ उहांलाई केहि नहोस भनेर बुद्ध गएतिर झुकेर अभिवादन गर्छन् ।

सबै जना आ— आफनो बाटो लाग्छन् ।

नेपथ्य बाट धुन बज्छ ………….. बुद्धम शरणम् गच्छामी,.धम्मम् शरणम्.गच्छामी….संघम् शरणम्  गच्छामी…………………।

हे  अंगुमाल तिम्रो बोध हुने समय निकट आयो

तिम्रो उद्दार हुने  कल्याण हुने समय आयो ।

हरेक प्रााणीको उद्दार गर्ने तिम्रो सामु आयो ।

बुद्धको शरणमा आई बोध भई जाउ

दयाका खानी करुणाको खानी

बुद्धले तिम्रो अवस्था जानी आउनु भो तिम्रो सामु शरणमा आउ ।

बुद्धम् शरणम् गच्छामी.धम्मम् शरणम्.गच्छामी….संघम् शरण  गच्छामी………..

पर्दा बन्द

बाह्रै दृष्य

स्थानः जङ्गल

अंगुलिमाल भएको ठाउं । उपद्रवी अंगुलिमाल अलि बहुलाएको जस्तै हा..† हा † …† अब औलाको लागि एउटै मान्छे भए पुग्छ अब गुरुको दक्षिणा प्रतिज्ञा पूरा हुन्छ । मेरो यो तरवार शक्तिशाली छ यस्को अगाडी कोही बांचेको छैन । अब मेरो अगाडी जो आउंछ उस्को ईहलिला अन्त्य हुन्छ ।

टाढा बाट  निडर भएर बुद्ध आउन लागेको देखेर श्रमण  …. निडर भएर मेरो सामु आउंदछ

अलि अचम्म मान्दै कस्ता कस्तालाई खत्तम गरें । श्रमण  तर † तर† किन मेरो मन अलि कमजोर भए जस्तो लाग्यो ? यस्तो त कहिल्यै भएन …. ।

आओस श्रमण  अहं मैले यस्लाई पनि बांकि राख्दीन आज यस्को अन्तिम दिन रहेछ ।

बुद्ध समिप आई पुग्न लाग्दा अंगुलीमाल ले कड्केर बोल्छ— ए श्रमण † पर्ख † पर्ख †

तर बुद्ध उस्को कुरा नसुनेरै अघि बढछ । पर्खि ए श्रमण † अरे ? अरे ?कस्तो अट्टेढी । अंगुलिमाल  बुद्धलाई समात्न दगुर्छ ।

अंगुलीमालको पाईला अघि सर्न छाडेर पछि पछि हुन्छ । गजब छ बा कस्तो कस्तो दगुर्ने मृगलाई समातें ,कस्तो दगुर्ने रथ घोडालाई समातें तर,तर, यो श्रमणलाई किन समात्न सकिन ।

अलि थाके जस्तै— ए पर्ख † भनेको किन दौड्ेका ?े आज तंलाई मारेर मेरो गुरु दक्षिणा पूरा गर्छु ।

बुद्ध भगवान पर्खिएर मुसुक्क हांस्नु हुन्छ ।

अंगुलिमाल नजिक आई पुग्छ ।

बुद्धः —म पर्खिएकोछु  आबुसो †म स्थिर छु । तिमी दौडिरहेकाछौ , तिमी अस्थीर छौ ।

अंगुलिमालः— श्रमण † तिमी हिंडिरहेका छौ  तर भन्छौ स्थिरछु । मैले  पर्खिंदा पनि भन्छौ अस्थिर छौ ।

कसरी म अस्थिर भएं तिमी स्थिर भयौै ?

बुद्धः—हे अंगुुलीमाल† ।म समस्त प्राणीहरु प्रति प्रेम गर्नाले म स्थिरछु ।

अंगुलिमालः ए श्रमण † मैले तिम्रो यस्तो कुरा बुझीन । म सित डराएर भागि रहेका छौ र भन्छौ पर्खि रहेकोछु ?

बुद्धः— तिमी प्राणीहरु प्रति दया नगर्नाले अस्थीर छौ ।अनि  तिमी असंयमी हुनाले अस्थिर छौ ।

तथागतको उपदेश सुनेर

अंगुलीमालः श्रमण † तिम्रो उपदेश सुन्न फुर्सद छैन तिम्रो मृत्युको समय आयो । भन तिम्रो अन्तिम ईच्छा के छ ?

बुद्धः  के तिमिले मेरो ईच्छा पूरा गरि दिन्छौ ?

अंगुलीमालः हो हरेक मर्नेहरुको मैले अन्तिम ईच्छा पूरा गरि दिन्छु ।

बुद्धः  त्यसो भए मलाई उ .. त्यो रुखको हांगा काटेर देउ ।

अंगुलीमालः तरवारले एकै झट्कामा रुखको हांगा कोटेर दिन्छ ।

बुद्ध ले भन्छ अब यस्लाई त्यसैमा जस्ताको तस्तै जोडिदेउ ।

अंगुलीमालः कस्तो असम्भव कुरा गछौं श्रमण ?

बुद्धः  जस्ले जोड्न सक्तैन उस्लाई तोड्ने अधिकार कस्ले दियो ? ध्वस्त गर्नेले निर्माण पनि गर्न सक्नुपर्छ ।

अंगुलीमालः—(भगवान बुद्धको कुरा सुनेर अलि कति सोंच्न बाध्य भयो) ….यो शाक्यपुत्र सिद्धार्थ गौतम त होईन  ?

के भन्छ । सांच्चै म दगुरी रहेकोछु । उ पर्खी रहेकोछ ?निश्चय यस कुरामा बोध छ । उस्को ज्ञान चक्षु खल्न थाल्यो ………… ।

बुद्धः— तिमीले मेरो कुरा एकै चोटी बुझ्दैनौ पहिला त्यो हातको तरवार फ्यांक अनि ध्यान दिएर मेरो कुरा सुन ।

अंगुलिमालः—तरवार फ्यांक्ने ? ( एकछिन विचार गरेर) अंं त्यो त्यति टाढा छ अवश्य तरवार टिप्न सक्दैन एक छिनलाई फाल्दा के हुन्छ ..तरवार भुईंमा फ्ंयाकेर….. ल फालीदिएं । ल भन राम्ररी मैले बुझ्ने गरी ।

बुद्धः— अहिंसक । तिमीले सबै बुझ्छौ ध्यान दिएर सुन ।

मैले यथार्थ बुझी दुश्चिरित्रादी कर्मले रहित बसेकाले स्थीर भनेको हुं ।

तिमी अहिले सत्य असत्यलाई नबुझि अन्धविश्वासमा परेर प्राणीहरुको हिंसा गर्नाले मृत्यु पर्यन्त सजिलै सित पतन हुने भएकोले दौडी रहेकाछौ भनेकोहुं ।

अंगुलीमालः— मुसुक्क हांसेर सोंच्न थाल्छ …….आहा यो त साह्रै राम्रो कुराहो ।यस्तो महान कुरा त बुद्ध बाहेक अरु कसैले भन्न सक्तैन । अवश्य मलाई उद्दार गर्न यो जङ्गलमा आउनु भएको होला ।

तिमी को हा श्रमण ? यहां किन आएको ?

बुद्धः — मुसुक्क हांसेर — अहिंसक । मलाई यो लोकमा तथागत भन्छन्  अनि बुद्ध पनि भन्छन्  ।

अंगुलिमाल — घांटीमा पहिरेको औंलाको माला भुईंमा फालेर दगुरेर भगवानलाई डण्डवत गरेर भन्छ —

हे शास्ता† तपाईंको उपदेश ग्रहण गर्नेे मौका पाएर म जागें ।

म  बाटो बिराएको बटुवालाई बाटो देखाई दिनुभयो ।यी हतियार त्यागेर हजुरलाई  वन्दना गर्दछु ।

आज देखि यि पाप कर्मलाई त्याग्छु । भगवान मलाई क्षमा गरि दिनुहोस ।

मलाई शरणमा लिनुहोस †

बुद्धः—करुणामयी भगवानले  भन्नुभयो —हे अंगुलीमाल† आफुले गरेको अकुशल कर्मलाई त्यागेर कुशल कर्म गर्छ त्यो व्यक्ति बादलबाट मुक्त चन्द्रमा जस्तै प्रकाशमान हुन्छ आउ भिक्षु  †

(भनेर भगवानले करुणा पुर्वक आफ्नो शरणमा लिनुभयो र प्रवज्या गरी दिनुभयो  ।)बुद्धको पछि पछि गए ।

अंगुलिमालः — भगवान अब म कहां जाउं ?मैले श्रावस्तीवासीहरु धेरैलाई मारि सकें म कहां जाने ?

म त्यहां कसरी जाने ?

बुद्धः— आबुसो † कोहीं नभएकोलाई म कहां आउ ।

अंगुलिमालः — भगवान † आज देखि म बुद्धको शरणमा आएं ,  धर्मको शरणमा आएं संघको शरणमा आएं ।

पर्दा बिस्तारै बन्द हुन्छ ।

नेपथ्यबाट ध्वनी गुन्जन्छः

बुद्धको शरणमा आउ तिमी । धर्मको शरणमा आउ, संघको शरणमा आउ

मानव सबै मुखले बोल । बुद्धम् शरणम् गच्छामी ,धम्मम् शरणम् गच्छामी ,संघम् शरणम् गच्छामी ।

तेह्रौ दृष्य

स्थानः जटीलहरुको आश्रम ( ज्ञानी जोगीहरु बस्ने ठाउं )

एक गुरु जटील अरु ३ शिष्य जटील छन् आपसमा कुरा गर्न लागेकाछन्,

पर्र्दा खुल्छ

गुरु जटीलः—  तिमीहरुलाई एउटा समाचार थाहा छ ?

शिष्यः — के समाचार हो आर्य ? हामीलाई थाहा छैन त ।

जटीलः— आज श्रमण गौतमले अंगुलीमाललाई बोध गर्छू भनेर जालानी जङ्गल तिर हिंडेकोछ ।

नजाउ भन्दा पटक्कै मानेन ।

शिष्यः— अनि तपाईंले रोक्नु भएन ?

जटीलः— रोकेको हुं मेरा भनेको कुरा मान्दै मानेन कस्तो जिद्दी घमण्डी गौतम रहेछ ।

अझै उस्ले के भन्यो थाहा छ ।

शिष्यः— के भन्यो आर्य गौतमले ?

जटील — बुद्ध पछि फर्कंदैन रे । सांच्चै पनि अब त्यो कहां फर्कन सक्छ त ।

शिष्यः — त्यसो भए अब गौतमको समाप्ती भए पछि खुसिको कुरा भएन त आर्य ?

जटीलः — त्यहि त भनेको अब सबै गौतमका शिष्यहरु म कहां आएर क्षमा मागेर भन्नेछन् ।

क्षमा गर्नुहोस बाटो बिराएं ।

शिष्यः — हाम्रो मुख्य मुख्यहरु पनि त्यहां गएका थिए नि ,

अब बल्ल फेरि प्रायश्चित गर्दै फर्कनु प—यो नि हैन त आर्य ?

जटीलः — कति षडयन्त्र गर्दा पनि गौतमलाई केहि असर परेन । सुन्दरीहरुको जालमा पार्दा पनि केही भएन ।

अब बल्ल मैले भने जस्तै हुने भयो । अब त गौतमको संघ पनि भताभुङ्ग हुने भयो ।

शिष्यः — सबै जना हामी तिर फर्के पछि त गणपती हजूर नै हुने भयो नि त कति राम्रो दिन फिरेछ आ हा ।

जटीलः— भोली सबैलाई जम्मा गरेर यो कुराको घोषणा गर्नु पर्छ ।

ल मलाई अब विचार गर्न देउ अब के गर्ने ……………………………..

शिष्यः— हवस आर्य  म बाहिर जान्छु ।

जटीलः—  विचार गर्न थाल्छ …. मैले भनेको कुरा नमानेर गएको ठिकै भयो ।

सबैको हत्या गर्ने त्यो अंगुलीमालल ेगौतमलाई के छोडला ।

के त्यो गौतमले अंगुलीमाललाई बोध गर्न सक्ला………. … के बांचेर आउन सक्ला ? ………………. ।

बिस्तारै पर्दा बन्द हुन्छ

चौधौं दृष्य

स्थानः श्रावस्तीको एउटा नजिकको जङ्गलमा रुख मुनी बुद्ध बसि राख्नु भएकोछ ।

सोही समयमा कोशल राजा प्रसेनजित सैनिकहरको साथमा आउंछन् ।

राजाः— तथागतको चरणमा म कोशल राजा प्रसेनजितकोे प्रणाम †

बुद्ध—ः सुखी होस † किन राजन् आज सैनिकहरुको साथमा परिश्रम गरेर आउनुभयो ?

कतै मगधराजा बिम्बिसार सित रिसाउन ुभयोकि ?

बैशालीका लिच्छीवी वा अरु  कोही  रिसाउनु भएको होकि  ?कोशल राज्यमा कसै सित शत्रुता भयोकि ?

राजाः— कसैसित शत्रुता भएको होईन शास्ता । प्राणीहरुमा दया नभएको अंगुलीमाल भन्ने डांकाले उपद्रव मच्चाई रहेछ । धेरै मान्ेछ मार्दै आंैला काटेर माला लगाउंदो रहेछ । धेरैलाई मारि सकेछ ।

त्यस्को दमन गर्न हिंडेको हुं । त्यस अंगलुमाललाई पक्रेर कारागारमा थुनेर सजाए दिनेछु ।

बुद्धः— हे महाराज †यदि अंगुलीमाल कपाल खौरीई ,काश्याय बस्त्र पहिरीई प्रवज्जित भई ,एकाहारी ,

ब्रम्हचारी र शीलवान भएको देखेमा के गर्र्नुहन्छ ?

प्रसेनजितः —हे शास्ता †  मैले सम्मान पुर्वक चिवर पात्र शयनाशन विभिन्न परिकारले निमन्त्रणा गर्नेछु ,

उस्को धर्म रक्षा गर्नेछु । तर भन्ते  यस्तो  पापी अधर्मि हत्यारा कसरी संयमित र शीलवान हुन सक्ला ?

बुद्धः—( भगवानले  आफ्नो नजिक बसेको अंगुलीमालको पाखुरा  समातेर देखाउंदै भन्नुभयो —

महाराज † यिनै हो अंगुलीमाल ।

तर प्रशेनजितलाई विश्वासै भएन बरु भयभित भएर अंगुलीमाललाई हेरे ।

बुद्धः —हे महाराज † अब यिनी देखेर डराउनु पर्दैन ।

प्रसेनजितः अंगुलीमाल नजिक गएर  सोधे —आर्य † तपाइं नै अंगुलीमाल हो ?

अंगुलीमालः—हो महाराज † मेरो पहिला को नाम अहिंसक हो ।

प्रशेनजितः— आर्य तपाईंको बुवा को हुन , गोत्र के हो ?

अंगुलीमालः —महाराज † मेरो बुवा गाग्र्य गोत्र अन्तक , आमा मन्ताणी (मैत्रानणी)पुत्र हुं ।

प्रसेनजितः—हे आयुष्मान † चिवर ,पिण्डपात्र  शयनाशनले सेवा गर्न चाहान्छु ।

राजा प्रशेनजितले अंगुलीमालाई अनुरोध गरे ।

अंगुलीमालः— हे महाराज †  मेरो तीनै पुरा छन् ।

राजा प्रशेनजितः—आश्चर्य भएर भगवान सित सोधे —अद्भुत भन्ते † यो कसरी भयो?

भगवान अदान्तलाई दमन,अशान्तलाई शमन गर्नुहुन्छ, अपरिनिवृतलाई  परिनिर्वाण गराउनुहुन्छ ।

शस्त्रले जित्न सकिन्न उस्लाई भगवानले बिना अस्त्र सरल तरिकाले दमन गर्नुभयो ।

धन्य हो भगवन् अनुपम शास्ता † पुरुष दमयिता देव र मनुष्यका शास्ता । भगवानलाई डण्डवट गरेर बिदा हुन्छ ।

आजलाई बिदा हुन्छु ।  (राजा प्रशेनजितले भगवानलाई अभिवादन गरि बिदा भए । )

पर्दा बिस्तारै बन्द हुन्छ

नेपथ्य बाट ध्वनी गुन्जन्छ —

बुद्धम शरणम् गच्छामी. धम्मम् शरणम्.गच्छामी….संघम् शरण  गच्छामी…………………।

पन्ध्रौं दृष्य

स्थानः श्रावस्तीको अनाथ पिण्डक जेतवन बिहार मा ( भगवान बुद्ध अंगुलीमाल दायां र बांया आनन्द छ । )

अंगुलीमालः शास्ता म बिहान  चिवर धारण गरि पिण्डाचारमा श्रावस्ती नगरमा प्रवेष गरि विभिन्न दुःख पीडा देखेर मनमा लाग्यो प्राणीहरु दुख झेली रहेकाछन् यस्को निम्ति केहि उपाए भए बेस होला ।

बुद्धः— अंगुलीमाल त्यसो भए तिमी ति दुःख भोगी रहेकाहरुको अगाडी गएर भन ।

जन्मे देखि जानी होशमा कोही प्राणी मारेको थाहा छैन

त्यसैले यस सत्यको प्रभावले तिम्रो मङ्गलहोस ।

अंगुलीमालः— भगवन् मैले यो त असत्य कुरा गर्नु परेन र ?

बुद्धः — अंगुलीमाल तिम्रो पुनर्जन्म भईसकेकोछ त्यसैले तिमीले यो कल्याणकारी कुरा भन्नुपर्छ ।

अंगुलीमाल हवस भनेर भिक्षाटनको लागि श्रावस्तीमा पस्थान गर्छ  ।

राजगुरु मन्तानीको प्रवेश हुन्छ ।

राजगुरुः— भगवान् राजपुरोहित अन्तक र मन्ताणीहरुको अभिवादन स्विाकार्नु होस ।

बुद्धः— सुखि होस † कहां बाट आई पुग्नुभयो ?

मन्ताणीः— मेरो छोरा अहिंसकलाई तपाईंले बोध गरि ल्याउनु भएको कुरा श्रावस्तीका महाराजले घोषणा गर्नु भएकोले  हर्ष बिभोर भएर । हजूरको दर्शन र  छोराको मुख हेर्न आएको (हात जोडेर बिन्ती गर्दै भने )

बुद्धः— अब उनि सांच्चै अहिंसक भईसकेकोछ नाम मात्रै हाईन काम पनि

मन्तक राजगुरुः— भगवन् यो बच्चा पहिला पनि सुविनित थियो । कोहि प्राणी नमार्ने थियो। कसरी यस्तो भयंकर डांका लुटेरा भएछ ?  अनि यस्तालाई हजूरले आफ्नो बसमा लिनु भएछ । आश्चर्य छ भगवन् हामी अचम्मीत भयौं । हजूरको दया करुणा कल्याण भएछ । हजूरलाई लाखलाख वन्दना ।

बुद्धः— आश्चयर्य मान्नु पर्ने केहि छैन † प्राणीहरु अबिद्याको अन्धकारमा जब सम्म परि रहन्छ असत्यलाई चिन्न सक्दैन । पहिला उस्ले सत्यलाई नबुझेर अन्धविश्वासमा  परेकोले अपराध गरेको हो े।

अब उस्ले सत्यलाई चिनि सकेकोछ बोध गरि सकेको छ त्यसैले फेरि अहिंसक भएकोहो ।

राजगुरुः—धन्य भगवन् हजूरको शरण पाएर हाम्रो पुत्रको उद्दार हुने थिएन भयो ।

बुद्धः— हो ब्राम्हण  † अंगुलीमालले ज्ञान लाभ नगरेकोभए पन्चमहापापमा परि अविचि नर्कमा पर्ने थियो ।

राजगुरुः— भगवन् अब हाम्रो छोराको कहिले मुख देख्न पाईएला ?धेरै बर्ष भयो छोरा सित बिछोड भएको ।

बुद्धः — केहि समय लाग्ला  ।

राजगुरुः— हवस हामी बिहार बाहिर एकपटक पुगेर आउंछौं ।

भगवानलाई वन्दना गरेर निस्कन्छन् ।

पर्दा बन्द हुन्छ ।

सोह्रौं दृष्य

स्थानः श्रावस्ती नगर

( अंगुलीमाल भिक्षाचरणमा छन् )

एक ग्रामवासीः— भन्ते † क्षमा गर्नुहोस । यो अलिकति भए पनि दान ग्रहण गर्नुहोस †

मेरो आमा हुनुभएकोभए अलि बढी दान गर्नुहुन्थ्यो ।

अंगुलीमालः— सुखी होस (भिक्षा ग्रहण गर्दै ) आमालाई के भयो ?

ग्रा.वासीः — भन्ते अंगुलीमाल डांकाले मारेर हामी अनाथ भयौं ।

अंगुलीमालः— केहि समय चुपलागेर— बुद्धम् शरणम् गच्छामी ।

एक बच्चाः— फलफुल पात्रमा हाल्दै — भन्ते † यस पुण्यले मेरो स्वर्गीय बुवाको पुण्यलाभ होस ।

अंगुलीमालः— सुखि होस † बुवालाई के भयो ?

बच्चाः— एक चण्डाल निर्दयी अंगुलीमाल भन्ने डांकाले मारिदियो ।

अनि हामी अनाथ भयौं मामाघर बस्नु परेकोछ ।

अंगुलीमालः— तिमीले चिताएको पुगोस । बुद्धम शरणम्

एक ग्रामवासीः — ए सुमन † त्यो भिक्षा माग्नेलाई चिन्यौं ?

सुमनः— भगवान्को शिष्य भिक्षु त हो नि । ईन्द्रिय शान्त र तेज छ ।

अंगुलिमाल भित्र पस्छ (पर्दा पछाडी )

ग्रामवासीः— त्यो अरु कोही नभएर उही अंगुलीमाल डांकु हो ।

सुमनः— हो र सांच्चै ? पत्याउनै सकिन्न त ।

ग्रामवासीः— यस्ले त एकान्त पायो भने मारी हाल्छ नि ।

सुमनः — त्यसो हो भने त यस्लाई सबैले ढुङ्गाले हानेर मार्नु पर्छ ।

अर्को मान्छेः— मेरो बुवालाई मार्ने यस्तो हत्यारालाई किन भिक्षा दिने ढुङ्गाले त्यस्को टाउको फोडी दिउं ।

ग्राम्वासीः— अंगुलीमाल कहां छ ? त्यो त्यस्लाई मार्नु पर्छ भन्दै बाहिर जान्छ     (पर्दा पछाडी )

अंगुलीमालः — बुद्धम् शरणम् गच्छामी भन्दै आउंछ ।

सुमनः—(पनि रिसाउंदै आई पुग्छ  —ए ढोंगी † अंगुलीमाल तंलाई लाज लाग्दैन भिक्षु भेषमा भिक्षा माग्न ?

सबै मिलेर ढुङ्गाले हानेर मारौं यस हत्यारा अंगुलीमाललाई ।

ग्रामवासीहरु सबै जुटछन् हो † हो † मार यस्लाई ।

मेरो बुवाको हत्यारा ,

मेरा आमाको हत्यारा ,

मेरो दाजुको हत्यारा सबैले ढुङ्गा हान्छन्

निशस्त्र अंगुलीमाल टाउको फुटेर रक्त रंजित हुन्छ ।   घोप्टो पर्छ तैपनि सबैले ढुङ्गा बर्साइरहन्छ ।

कोहीले अंगुलीमालको चिवर च्याती दिन्छ

पर्दा बन्दहुन्छ ।

अन्तिम सत्रौ दृष्य

अंगुलीमाल च्यातीएको फुटेको  रक्ताम्य टाउको लिएर पात्र हातमा लिएर खोच्याउंदै आउंछ । लत्रिंदै

बुद्धम् शरणम् गच्छामी………………………………… ( अशक्त आवाजमा )

बुद्धः—अंगुलीमाल तिमीलाई लाभ भयो तिमीलाई कल्याण भयो ।

(आनन्दले पानी लिएर आउंछ पात्र समाईदिन्छ रगत पुछि दिन्छ । )

कस्तो छ तिमीलाई ?

अंगुलीमालः— भगवन मलाई यस्तो राम्रो जीवन कहिल्यै प्राप्त भएन । मेरो दुःखको अन्त भयो भगवन्

बुद्धः— मान्छेले तिमीलाई यस्तो गर्दा रिस लागेन ?

अंगुलीमालः— लागेन भगवन्  लागेन ।

बुद्धः— तिम्रो मनमा शान्ति भएको छ ?

अंगुलीमालः —शान्ति भएकोछ भगवन् । मेरो मनमा अपार शान्ति  …………….अांखा चिम्लेर ध्यान गर्छ ।

बुद्धः— अंगुलीमाल तिमी भाग्यवान हौ । तिम्रो जीवन सार भयो । तिमीले सत्यलाई सम्झ््यौ अब नरकको भोगगर्नु पर्नेछैन तिमीले अरहत् प्राप्त गर्छौ । भवतु सव्व मङ्गलम्

अरु मान्छेहरु उपीस्थत हुन्छन् सबैले बुद्धम शरणम गच्छामी ………………………………….. वन्दना गर्छन्

।।।० ।।। पर्दा बन्द ।।। ०।।।

समाप्त