कबिता


भोक
करिष्मा योगी

हो मलाई अत्यन्तै भोक बढेको छ
अस्तित्व र स्वाभिमानको भोक
नैतिकता र इमानदारीताको भोक
स्वाभिमान र सदाचारको भोक ।

ईमान दोबाटोमा रोकिएको छ
स्वाभिमान दोसाधमै अडिएको छ
मुल्य र मान्यता त झन्झन् पछारिदै गएको छ
तै पनि म हिड्न खोज्दै छु
आफै सँग लैजान सक्छु कि भन्ने भोक लिएर ।

छिया छिया भएको यो मन
चिरा चिरा परेको यो तन
लिएर लगातार हिडिरहेछु, हिडिरहेछु
मौलाएको यो बिकृती र बेथिति सँग भिडिरहेछु ।

फैलाउनु छ बास्ना मगमग आउनेगरि
श्रदा, सदाचार र सुसासन सप्पन्न हुनेगरी ।

हो मलाई अत्यन्तै भोक बढेको छ
स्वाभिमान र सदाचारको भोक
अचेल झन झन बढेको छ
हो मलाई भोक भोक बढेको छ ।