
पवन जायसवाल
१० असार, बाँके । योग समिति नेपालका परिकल्पनाकार, अध्यक्ष तथा नेपाल आयुर्वेद औषधी व्यावसायी संघका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक, फेमली आयुर्वेद नेपालका संचालक, गिरिराज भट्टराईको जन्मोत्सवमा असाढ १० गत रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान जीवनदान उद्देश्यका साथ प्रेम केसीको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५४ जनाले रक्तदान गरेका छन् । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
Prawash Kumar Shakya । १० असार २०८१, सोमबार १९:४७ बजे