कुम जाम हुने र दुखाईकाे प्रमुख कारण हो Frozen Shoulder । यो समस्या मानिसको प्राय समान्य समस्या जस्तो देखिन्छ ।
यो रोगको कारण Idiopathic भएता पनि विषेश गरि थाइराइड, सुगर भएका विरामीहरुमा धेरै देखिने गर्दछ । यो रोग लाग्दा मानिसले कुम उठाउन र घुमाउँदा गाह्रो हुने र दुख्ने गर्दछ । राती धेरैे दुखेर निन्द्रामा पनि समस्या देखिने गर्दछ । दिनँहु गर्ने सामान्य कामहरु जस्तैः लुगा लगाउन, फुकाल्न, कपाल कोर्न जस्ता लगाएतका कामहरु गर्नपनि गाह्रो हुने गर्दछ ।
यस्कालागि मानिसहरुले समयमा नै सामान्य औषधी तथा फिजियोथेरापी उपचार गरेमा यो रोग चाँडै नै सन्चो हुने गर्दछ । अध्ययनले Steroid injection र Physiotherapy ले पनि राम्रो भएको देखाएको छ । उपचार गर्न ढिला गरेमा दुरवीन प्रविधिबाट शल्यक्रिया गरि जाम भएको कुम खुलाउनु पर्ने हुन सक्दछ ।
Prawash Kumar Shakya । २४ श्रावण २०८१, बिहीबार ११:०४ बजे