
१० फागुन, भक्तपूर / भक्तपूरमा १ सय ३ पिन्ट रगत संकलन गरिएको छ । मध्यपूर थिमी स्थित स्वनिग: बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन गरिएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको कार्यक्रमको सहजीकरण सोम तामाङ्ग तथा सभापतित्व चन्द्रबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
त्यस्तै महिला पतंजली याेग समिति भक्तपुर,खयुवा नेपाल भक्तपुर र पतंजली याेग समिति भक्तपुरकाे संयुक्तरूपमा आयाेजित रक्तदानमा ६० पिन्ट रगत संकलन गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
Prawash Kumar Shakya । १० फाल्गुन २०८१, शनिबार ०८:४३ बजे