
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज ४० पिन्ट रगत संकलन भएको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २६औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८ महिला र ३२ जना पुरुष सहित ४० पिन्ट रगत संकलन गरिएको कार्यक्रमका फोकल पर्सन भोजप्रसाद आर्चायले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका ८ नं. वडा अध्यक्ष टिकाराम शर्माले स्वयंसेवी रक्तदाता एवं कार्यक्रम संयोजक हेमन्तप्रसाद कँडेललाई रक्त संकलन थैली हस्तान्तरण गरेर शुभारम्भ गर्दैले उहाँले पिडित पक्षले निःशुल्क रगत प्राप्त गर्नकालागि पालिकामा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाशकुमार शाक्यले रगतको विकल्प अरु केही नभएकोले सम्पूर्ण यूवापुस्ता मानवीय जीवनको महानकार्य रक्तदानमा सरिक हुन आह्वान गर्नुभयो ।
यस्तै सहकारीका अध्यक्ष नवराज कँडेलले सहकारीको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको र २६औं स्थापना दिवसमा रक्तदान जस्तो पवित्र कार्यको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशमा रहेर ८५औं पटक रक्तदान गरि मानवसेवाको महान कार्यमा महत्वपूर्ण योगदान पुर्याएकोमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाशकुमार शाक्यलाई कार्यक्रमका प्रमुख अतिथि टिकाराम शर्मा, सहकारीका अध्यक्ष नवराज कँडले संयुक्तरुपमा दोसल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।
सहकारीका यूवा परिचालन उपसमितिका संयोजक हेमन्तप्रसाद कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सहकारीका व्यसाय विभाग प्रमुख प्रेम आचार्यले गर्नुभएको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतले गरेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका संयोजक कृष्णप्रसाद गौतम, सहकारीका सञ्चालक सदस्यहरु लक्ष्मी भूसाल, रुवी आचार्य, धर्मा सुवेदी, व्यवस्थापक हिमलाल गौतम र सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगी, नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष अशोक कुमार सिंह, सचिव पुनम विसी, कोषाध्यक्ष विकास गिरी तथा कार्यसमिति सदस्य मालती विक र सुरज क्षेत्रीको सहभागिता रहेको थियो ।
Milan Shrestha । ११ पुष २०८१, बिहीबार १३:०३ बजे