
पवन जायसवाल
नेपालगन्ज (बाँके) । “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा आयोजत रक्तदान कार्यक्रममा १३ जना महिला र ८१ जना पुरुष गरी ९४ जनाले रक्तदान गर्नुभएको छ ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिको सहयोग तथा समन्वयमा, ठाकुरबाबा नगरपालिका वार्ड नं.–२ रानीपुर कर्भडहलमा आयोजित १६ औंं पटक आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, सुरक्षकर्मी, स्वयंसेवी रक्तदाता लगायत रक्तदान गर्नुभएको हो ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका उप–नगर प्रमुख बीना कुमारी भट्टराईले नेपाल रेडक्रस सोसाइटी, कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन थैली हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उप–प्रमुख बीना कुमारी भट्टराईले ११ औं पटक रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख तिलकराम लम्सालले ८ आठौं पटक रक्तदान गर्नुभएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सचिव श्यामलाल थारु प्रतिक ३८ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल ३० पटक, ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ वडाध्यक्ष निमराज खनाल, वडा नं.–६ का वडाध्यक्ष जय प्रकाश पौडेलले रक्तदान गर्नु भएको छ । यसरी सो रक्तदान कार्यक्रममा गोपाल निरौला, देवीलाल लम्साल, लोकेन्द्र बहादुर साउद, चन्द्रमणि चौधरी, अजय दहित, बिष्णु प्रसाद न्यौपाने, लक्ष्मी प्रसाद रेग्मी, यशराज श्रेष्ठ, इन्द्र बहादुर बिक, प्रेमराज ढुंगाना, माया खडका, प्रकाश राजबंशी, गंगा बुढामगर, सरिता उपाध्याय, प्रमित नेपाल, मोहन सुनार, बिरेन्द्र खडका, लोचन नेपाल, टंकेश्वर भण्डारी, गाण्ेश प्रसाद आचार्य, चक्र प्रसाद तिमिल्सेना, लक्ष्मी ढकाल, रीना शाही, समीर चन्द, महेश रावल, लक्ष्मी शर्मा, समीर योगी, जि बहादुर, चन्द्र प्रसाद काफ्ले, चल्टुराम थारु, अकिंत ढकाल, जनक पौडेल, शान्ति रावल, रोशन कडेल, चन्द्र बहादुर, महेश बम, बिरेन्द्र बहादुर शाही, सजन थारु, रामेश चौधरी, जानकी पाण्डे, चन्द्र बहादुर बिष्ट, बिकास बिष्ट, समीर पोखरेल, नवराज रिजाल, रबि साह, भरत रोकाया, लोक बहादुर बुढाथोकी, रबिन कुमार बैद्य, राजु थारु, हरिप्रसाद गौली, रमेश रत्गैंया, रमेश बुढा, पदम प्रसाद उपाध्याय, घनश्याम लम्साल, बबिता न्यौपाने, रोशन भारती, दान बहादुर बोहरा, अर्जुन कुमार थारु, लक्ष्मण चौधरी, हिमाल रावत, फुलराम थारु, आकाश शाही, लिलाराम खनाल, हिरालाल थारु, दिनेश कडेल, प्रेम कठायत, तिलक प्रसाद गड्तोला, सन्ध्या चौधरी, राजेश कुुमार बजगाई, जगदीश शाही, खगेन्द्र बहादुर शाही, भौैना थारु, तारा बयक, रामेश प्रसाद तिमिल्सेना, राज कुमार कडेल, सुनिल थारु, खेमनाथ योगी, काली बहादुर बिष्ट, सुनिल कुमार थारु, कृष्णा भण्डारी शाही, सुरज थारु, सागर बहादुर खत्री, सन्तोष शाही, लक्ष्मीकान्त न्यौपाने, हरेन्द्र शर्मा, हुम्लाका कविराज जैसी, भिम प्रसाद ढकाल लगायत ९४ जनाले रक्तदान गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरा, सुनिल रत्गैया, निर्मला चौधरी, खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी, कविराज जैसी, ओम प्रकाश गोडिया, बीरेन्द्र योगी, नेपाल रेडक्रस सोसाइटी बर्दिया मधुवन “ख” उप–शाखा सानोश्रीका राम कुमार वर्माले प्राविधिकमा सहयोगमा अन्यमा अनुष्का पन्थी, साधना थारु, लक्ष्मी थारुले सहगोग गर्नुभएको थियो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, सम्पन्न कार्यक्रमको सहजीकरण ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमलाई सफल बनाउनमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य तथा बर्दियाका जिल्ला अध्यक्ष प्रेम प्रसाद लम्सालको ठूलो योगदान रहेको छ । उहाँले बर्दिया जिल्लामा सबै भन्दा रक्तदान गर्ने ब्यक्तित्व हुनुहुन्छ । ७५ औं पटक रक्तदान गरी सक्नुभएको छ । बाँकेका शतक रक्तदाता १०५ औं पटक रक्तदान गरेका ब्यक्ति पवन जायसवाल, ठाकुरबाबा रेडक्रस सोसाइटी उप–शाखा सभापति यज्ञ प्रसाद नेपाल, पश्चिम नेपालका चर्चित कलाकार खगेन्द्र नेपालको सहभागिता रहेको थियो ।
यसरी रक्तदान कार्यक्रममा सहयोगी संघ संस्थाहरुमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय विकास मञ्च, औषधी व्यवसायी संघ, विकासप्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकता शक्ति केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, ठाकुरबाबा सञ्जाल, ठाकुरबाबा बडघर सञ्जाल, ठाकुरबाबा स्वयंसेविका सञ्जाल, ठाकुरबाबा बन उपझोक्ता महासंघ, चुरे क्याम्पस बगनाहा, मनुषा टिका सिंह थापा बहुमुखी क्पाम्पस भुरीगाउँको सहकार्य रहेको थियो ।



Prawash Kumar Shakya । १९ कार्तिक २०८२, बुधबार १८:५४ बजे