बाँकेको जानकी गाउँपालिकामा ४२ पिन्ट रगत संकलन


पवन जायसवाल ।

नेपालगञ्ज (बाँके) । बाँकेको जानकी गाउँपालिकाको बेलहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको वडा नं. ५ कार्यालयको आर्थिक सहयोग, नेपाल स्वयंसेवी रक्तदाता समाज जानकी गाउँपालिका कमिटीको समन्वयमा जिल्ला यूवा क्लब सञ्जालले रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष टिका नाथ यादवले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक तुलसी चौधरीलाई रगत संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं.–५ का वडाध्यक्ष टिका नाथ यादव, महिला वडा सदस्य कान्ती काँदू, जानकी गाउँपालिका जिन्सी शाखा प्रमुख राजु यादव, लघु उद्यम शाखाकी साबित्रा रेग्मी, समाजसेवी हीरालाल लोनिया, सन्तोष कुमार वर्मा, दिनेश वर्मा, बिशाल कुमार वर्मा, अवधेश वर्मा, सुनिल कुमार वर्मा, सीताराम अहिर, बिमल कुमार वर्मा, मनोज यादव, जगतराम यादव, राजितराम अहिर, मोहम्मद तुफैल मनिहार, रामु चमार, रुसमत अली दर्जी, सञ्जय धोबी, हजरत अली साई, राजेन्द्र कुमार कुर्मी, चित्र कुमार तिवारी, स्वास्थ्यकर्मी दिनेश कुमार वर्मा, राम बिनोद विर्मा, श्रवण यादव, राजेश राँढ, प्रदीप वर्मा, जाबिर मनिहार, उमेश कुमार यादव, दिपेन्द्र कुमार यादव, पूरन यादव, राज वर्मा, दिपेन्द्र यादव, राधेश्याम हरिजन, मनिष वर्मा, अखिलेश वर्मा, सन्दिय धोबी, श्यामु चमार, बिष्णु यादव, बच्छराज हरिजन, कृष्ण प्रसाद यादव, सत्तजय काँदू लगायत ४२ जनाले रक्तदान गरेका थिए । जस मध्ये यादव समाजबाट १४ जना, बर्मा समाज बाट १२ जना, मुस्लिम समुदायका ४ जना, काँदूबाट २ जना, हरिजन समाजबाट ४ जना, धोबी समाजबाट २ जना, बाहुनबाट २ जना, लोनियाबाट १ जना, राँढबाट १ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा आर्थिक सहयोग र कार्यक्रममा प्राविधिक सहयोग गरे बापत जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशीष वर्माले वडाध्यक्ष टिकानाथ यादव र प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटालाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । भने सम्पूर्ण रक्तदाताहरुलाई हौसला प्रदान गर्नका लागी टिसर्ट र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला युवा क्लब सञ्जाल बाँकेका सदस्य गोबिन्द यादव, जानकी गाउँपालिका वार्ड नं.–५ का वडा सदस्य मोहम्मद सरीफ खाँ, जानकी गाउँपालिका स्वास्थ्य शाखाका लवकुश यादव, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषध्यक्ष मनमोहन वर्मा र सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, साबितराम यादव, वडा कार्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका संदिप आचार्य, महेश राना क्षेत्री, पुनम राना, सुजलराज गिरी, निर्मला चौधरी, सञ्जय बढही र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको कार्यक्रममा २ महिला सहित ४२ जनाले उत्साहपूर्वक रक्तदान गर्नुभएको थियो ।