जुम्लामा पाठेघरको निशुल्क शल्यक्रिया


हरि कृष्ण कुमाई, जुम्ला

माघ १, कर्णालीमा पछिल्लो समय पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन हुन थालेको छ । सामान्य रोगको संक्रमण हुँदा सुर्खेत र नेपालगंजका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जानुको विकल्प नरहेका कर्णालीबासीलाई केही राहत मिलेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतको समझदारीमा पाठेघर खस्ने समस्या भएका महिलाहरुको चेकजाच र अप्रेशन निशुल्क गर्न थालेको छ ।

कर्णाली क्षेत्रकमा ठुलो समस्याको रुपमा देखाए परेको उमेर नपुगेरै गरिने बाल विवाहले पनि यो समस्यालाई निम्त्याएको छ । प्रजनन अंगको वृद्धि विकास नहुँदै बच्चा जन्माउँदा पाठेघरमा असर पर्ने गर्दा आङ्ग खस्ने र पाठेघरको मुखको क्यान्सर जस्ता रोगले सताउने तथा उमेर नपुगी बच्चा जन्माउँदा एक त आफु पनि रोगी तयसमा पनि आफुले जन्माएको रोगी हुने प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोर्साईले बताए ।

कर्णालीका ५ वटा जिल्ला र छिमेकी जाजरकोटको लागि निशुल्क उपचार गर्ने सम्झौता भईसकेकोले ‘अब कर्णालीका महिलाले पाठेघर खस्ने समस्याका कारण अकालमा मृत्यु पर्खनु नपर्ने र पाठेघरको अप्रेशनका लागि महंगो रकम तिर्नु पनि अवस्थालाई हामीले परिवर्तन गरि दिएका छौ निर्देशक गोसाईले बताए ।

अस्पतालले असार मसान्तसम्म जिल्लाका सबैै पाठेघरको संक्रमण भएका विरामी महिलालाई उपचारका लागि आउन सुचित गरिसकिएको र विरामीलाई यातायात खर्च सहित खान खर्च समेत उपलव्ध हुने बताएको छ ।’

पाठेघर अप्रेशनका लागि शिक्षण अस्पतालको टोली जुम्ला सहित ५ वटै जिल्ला अस्पतालमा पुग्ने बताइएको छ ।