
नेपालगन्ज (बाँके) पवन जायसवाल । वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथै रक्तदानको आयोजना गरी श्रावण ११ गते मनाएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन एरिया नं.–४ को सहकार्यमा, वेष्टर्न मलमा वृहत रक्तदान कार्यक्रम गरिएको हो ।
१६ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा श्रावण १० गते शनिवार नीलसागर सेवाआश्रम र मानव सेवा आश्रममा छुट्टाछुट्टै कार्यक्रम गरी जेष्ठ तथा असहाय नागरिकहरूलाई भोजन अर्पण गरिएको थियो । प्रेमबहादुर खड्काको संयोजकत्वमा सन्तोषबाबु सुवेदी र श्रीधर पौडेल सदस्य रहेको उपसमितिको सक्रियतामा जेष्ठ तथा असहाय नागरिकहरूका लागि भोजन अर्पण कार्यक्रम गरिएको थियो ।
वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सञ्जय थापाले सहकारीले रक्तदान कार्यक्रम मार्फत मानवीय कार्यमा हातेमालो गरेर सकारात्मक सन्देश प्रवाह गर्दैआई रहेको जानकारी दिंदै यसले अन्य संघ संस्थालाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष सञ्जय थापाले स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा राम बहादुर श्रेष्ठ, सुलघ सन्जयाल, प्रेम बहादुर खडका, कुमार तिवारी, गंगन शाही, बुद्धिराज बर्तौला, सोमराज चौधरी, बसन्त चन्द, सन्देश गौडेल, मुना रानामगर, देवेन्द्र प्रताप सिंह, मुकेश कुमार राय, भगवान श्रेष्ठ, डम्बर बहादुर चन्द, गोपाल पुनमगर, पुनम, सोनिका क्षेत्री, जय प्रकाश दहित, प्रेम श्रेष्ठ, कमल बहादुर शाही, छाँया दत्त शर्मा, प्रबीन थारु, आभा राना, सुधीर शाह, भाग सिंह सिख, बिवश मल्ल, बिजय शर्मा, समंग सापकोटा, प्रेम बहादुर चौधरी, चिरञ्जीवी ओली, रोहन बुढाथोकी, रोहित पौडेल, राज शाक्य, तिलक भण्डारी, मनिष पौडेल, सुजाता खरेल, जगतराम चौधरी, गणेश बुढाथोकी, जनक भण्डारी, हियात हुसेन हलवाई, अर्जुन अधिकारी, अरुण सिंह, बिमल चौधरी, हिरालाल श्रेष्ठ, शमीर चौधरी, गोपाल गिरी, हासीम साई, लक्ष्मी शर्मा, लक्षमण जिसी, आशीष सिंह, कमल थापा, मुकद्दर अली शेष, सोयब खान, राशिद खान, योग प्रसाद वाग्ले, नारायण बुढामगर, बिशाल चौधरी, आलोक सिंह, युवराज सिंह, अनवी पौडेल, नमराज भट्ट, भिम प्रसाद पोखरेल, राम प्रसाद शर्मा आचार्य, केशव रावत, दिनेश बोहरा, मनिष बिक, अरुण कार्की, प्रकाश डिसी, भेष कुमार भण्डारी, संगीता श्रेष्ठ, प्रेम भुषाल, श्रवण कुमार राना, इब्राहीम इद्रिशी, रफीक अन्सारी, अभिषेक बिक, निशा भुषाल, भुवन श्रेष्ठ, सुनिल सेन, बल बहादुर थापा, नबीन ओली, दिनेश परियार, मनिष सुनार, अंकुश बम, जनक मगर, कमल प्रसाद कुमाल, शंकर रिजाल, जीवराज जैसी, बीर बहादुर राना, सुगम सिंह, गीता थापा, बामदेव ढकाल, आसीम साई, देवेन्द्र खडका, चेतन डाँगी, बुद्दन अली साई, अमित कुमार जोशी, शिव बहादुर बटाला, राकेश कुमार यादव, सुशील रावत, श्रीधर पौडेल, भावना पौडेल गौतम, कपिल कटेल, चिरञ्जिवी कुँवर, देवेन्द्र केसी, सुमन खरेल, हिमा बस्नेत, विजय न्यौपाने, देव बहादुर बोहरा लगायत महिला पुरुष गरी १ सय ९ जनाले रक्तदान गरेका छन् ।
प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका होमराज गिरी, सन्दिप आचार्य, महेश दहित, जिवराज शाही, बीरेन्द्र योगी, बैकुण्ठ रेग्मी लगायतले प्राविधिकमा सहयोग गरेको वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक थानिश्वर पाण्डेयले जानकारी दिनुभयो ।




Prawash Kumar Shakya । १२ श्रावण २०८२, सोमबार २०:०९ बजे