रास्कोट सामुदायीक अस्पताल तत्काल वन्ने ।।


रास्कोट सामुदायिक अस्पताल सञ्चालक समितिका अध्यक्ष सहित डाक्टरको टोली

 ६ साउन कालिकोट

प्रेमराज सिम्खाडा

 जिल्लाको रास्कोट नगरपालिकामा १५ सैयाको सामुदायीक अस्पताल वन्ने भएको छ । नगर कार्यापालिको पुर्ण वैठकले नगरपालिका भित्र सामुदायीक अस्पताल स्थापनाका लागि बिषेश जोड दिने निर्णय गरे संगै अस्पताल खोल्न अनुमति प्रदान गरेको केही महिना पछि शुक्रवार एक कार्यक्रमको आयोजना गरी सामुदायीक अस्पतालका बिषयमा छलफल भएको सञ्चालक समितिका अध्यक्ष तुलाराज सिंखडाले वताउनुभयो ।
नगरप्रमुख कासिचन्द्र वरालको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पताल स्थापनाका लागि गठित कार्यसमितिले डाक्टरहरुको टोलि सहित नगरका सबै प्रतिनिधि समक्ष अस्पतालका वारेमा जानकारी गरेको अध्यक्ष सिंखडाले वताउनुभयो । चिकित्सकहरु मुकुल ढकाल, प्रिंका शाही, कविन मलेख सहितको टोलि लिएर अध्यक्ष सिंखडा कालिकोट पुगेर अस्पतालको आकार, वनावट र ब्यवस्थापनका बिषयमा जानकारी गराउनु भएको नगरका प्रवक्ता टक्कवहादुर फर्सालले वताउनुभयो ।
अस्पाताल स्थापना तथा सञ्चालनका बिषयमा आयोजित कार्यक्रममा रास्कोट नगरपालिका भित्र रहेका तीन वटै स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यक्रर्मि, स्थानिय तहमा सक्रिय रहेका राजनितिक दलका प्रतिनिधि, वडाका अध्यक्ष, नगर कार्यपालिकाका प्रतिनिधिको सहभागीता रहेको प्रबक्ता फर्सालले वताउनुभयो । नगरपालिकाले नागरिकहरुको स्वास्थ्य सेवामा पहँच पुगाउनका लागी रास्कोट सामुदायीक अस्पताल खेल्ने निर्णय यस अघिकै वैठकमा गरी सिफारिस गरेको थियो । त्यसको तयारी र बिज्ञहरुको टोलीको खोजि पछि रास्कोटमा आएर अस्पतालका वारेमा जानकारी दिन यो कार्यक्रम राखिएको रास्कोट सामुदायिक अस्पतालका प्रवन्धक सञ्चालक दयाराम सिंखडाले वताउनुभयो । हामीले नागरिकहरुको सेवामा बिषेश ध्यान दिने मनसायका साथ अस्पताल खोल्ने योजना वनायौ, नगरले त्यसका लागि सहयोग गर्यो आज यहाँ सम्म पुगेका छौ प्रवन्धक सिंखडाले भन्नुभयो । यसका लागी सहयोगको खाँचो रहेको वताउनुभयो ।
रास्कोट सामुदायीक अस्पताल अर्ध सरकारी नहुने र वरु संरक्षक नगरपालिका हुने सञ्चालक समितिका सचिव कौशल न्यौपानेले वताउनुभयो । रास्कोट नगरपालिकाले अविभावकको भुमिका खेल्ने छ भने कार्यसमितिले यसको ब्यवस्थापन गर्ने भएको छ । तत्काललाई रास्कोट सायुमदायिक अस्पतालको भवन नभएकाले आयुर्वेधिक अस्पतालमा सेवा सुरु गर्ने सचिव न्यौपानेले वताउनुभयो । उहाँले अवको तिन महिना भित्र सेवा सुचारु गर्ने र त्यसको ब्यवस्थाका लागि नगरपालिका भित्र रहेका सरकारी स्वास्थ्यक्रर्मिलाई समेत परिचालन गरिने छ । तलवको भार कम गर्नका लागि स्वास्थ्य चौकीमा रहेका स्वास्थ्यक्रर्मिलाई परिचालन गर्न खोजिएको उहाँको भनाई छ ।
अस्पताल स्थापनाका लागी रास्कोट नगरपालिकाले २० लाख कर्णाली प्रदेशले पनि केही वजेट बिनियोजन गरेको छ । अस्पताल स्थापनाका लागि १० करोड भन्दा वढि लगानी लाग्ने भएकाले त्यसको खोजि भईरहेको अध्यक्ष सिंखडाले वताउनुभयो । सञ्चालक समितिमा सिंखडा दाजु भाई संगै स्थानिय जनप्रतिनिधि, स्वास्थ्यmक्रर्मी, र केही चिकित्सकहरु पनि रहेका छन । समिति ११ जनाको रहेको वताईएको छ ।