
पवन जायसवाल
नेपालगन्ज (बाँके) । समृद्धि फाउण्डेसन नेपाल बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६४ जना स्वयंसेवी रक्तदाताहरुले माघ १० गते शनिवार रक्तदान गरेका छन् ।
जानकी गाउँपालिका वार्ड नं. ३ को आर्थिक सहयोगमा जानकी गाउँपालिका ३ नं.वडा कार्यालयको परिसरमा आयोजित, समृद्धि फाउण्डेसन नेपालका सचिव चिरञ्जिबी बुढाद्वारा सञ्चालित, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरीको अध्यक्षता, जानकी गाउँपालिका वार्ड नं.–३ का वडाध्यक्ष राज कुमार वर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् ।
जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित होटल पौवामा सञ्चालित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.–३ –का वडाध्यक्षका राज कुमार वर्मा, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरी, प्रोग्राम कोर्डिनेटर शकील अहमद खानले रक्तदान गर्नुभएको थियो । यसरी उक्त रक्तदान कार्यक्रममा पवन कुमार कुर्मी, बिजय वर्मा, कविराम वर्मा, सन्तोष कुमार पासी, सुनील पासी, अरमान खान, सुरज ठाकुर, प्रताप यादव, टेक बहादुर नेपाल, टक्का रोकाया, राजिव साहू, अनिता, पुरुषोतम ठाकुर, गृह प्रसाद नाउ, पंकज कुमार वर्मा, तिलकराम कुर्मी, दिलिप कुमार वर्मा,कुश्मा देवी वर्मा, सन्दिप यादव, जगदीश यादव, राज कुमार गोडिया, बृजेश कुमार गोडिया, प्रशान्त सुनार, प्रमोद कुमार हरिजन, लक्षमणा प्रसाद चमार, निरज कुमार साहू, सन्तोष धोबी, सुरेन्द्र धोबी, नन्द किशोर वर्मा, बिष्णु यादव, किर्तन हरिजन, दिपकराम वर्मा, समीर थापा, भरत सुनार, करन बिसी, नन्द किशोर रैदास, कृष्ण प्रसाद शर्मा, अमीन दर्जी, सीताराम यादव, प्रदीप वर्मा, अक्षय कुमार वर्मा, राज कुमार हरिजन, नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा जानकी गाउँपालिका अध्यक्ष धर्मराज वर्मा, राजेश वर्मा, दुर्गेश सिंह, जगतराम वर्मा, राज कुमार वर्मा, कौशल सिंह, मन्दिरा बिष्ट, अनिल यादव, सुनिता चौधरी, आदित्य अभा रिजाल, जोगरज वर्मा, मोहन भण्डारी, कपिल बडुवाल, सुशान्त परियार, अभिशेष थापा, सौगात केसी, जागेश्वर मौर्या, रोहित सिंह, सन्देश गुरुङ्ग, अक्षय कुमार गोडिया र पुष्पा थापा लगायतले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा जानकी गाउँपालिका र जानकी गाउँपालिका वार्ड नं.–३ का पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, प्राविधिक सुनिता कुमाई, प्रशान्त थारु, लोकेश थारु, बैकुण्ठ रेग्मी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।



Prawash Kumar Shakya । १० माघ २०८२, शनिबार १७:२६ बजे