बर्दियाको राजापूरमा सर्वाधिक शतक रक्तदाता कर्माचार्य सम्मानित


पवन जायसवाल (बाँके)

बर्दिया जिल्लाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय कार्य समितिको तीन–तीन महिनामा हुने केन्द्रिय कार्य समितिको बैठकको १३औं केन्द्रीय बैठक सम्पन्न भएको छ । बर्दिया जिल्ला शाखाको आतिथ्य तथा राजापूर नगर समितिको समन्वयमा १३ औं बैठक सम्पन्न भएको हो ।

उक्त अवसरमा नेपालका सर्वाधिक शतक रक्तदाता १८७ औं पटक रक्तदान गरी सक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका कोषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई स्वागत तथा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा राजापूर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले राजापूर नगरपालिकामा थारु जातिको संख्या रहेको तथा सिकलेस एनिमियाका विरामी पनि धेरै भएकोले राजापूरमा रगतको मात्रा धेरै आवश्यक रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “रगत लिने मात्रै हैन दिनपनि जान्नुपर्छ त्यसैकालागि हामीले रक्तदान सचेतना कार्यक्रम पनि गरिहेका छौं ।”

नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका सचिव श्यामलाल थारु प्रतीकद्वारा सञ्चालित बर्दिया शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका कोषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढाई र उप– नगर प्रमुख मनकला चौधरीले अबीर लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो भने नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालले पनि दोसल्ला ओढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो ।

यस्तै समाज केन्द्रीय समितिका महासचिव कृष्ण चौहान क्षेत्री, केन्द्रीय सदस्यहरुमा प्रेम प्रसाद लम्साल, बिमल भित्राकोटी, मनु लामा, प्रवास कुमार शाक्य, धर्मराज लुइटेल, सुशील घर्ती, बाँके जिल्ला शाखाका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल (१०८औं पटक) लगायतलाई अबीर र खादा लगाएर नगरप्रमुख र उपप्रमुखले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, शिक्षा शाखा प्रमुख टिकाराम भुषाल, राजापुर उद्योग बणिज्य संघका अध्यक्ष कृष्ण रेग्मीको सहभागिता रहेको थियो । उक्त अवसरमा ५ जनाले स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले रगत संकल गर्ने थैली नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय समितिका महासचिव कृष्ण चौहान क्षेत्रीलाई हस्तान्तरण गरेर शुरु गरिएको रक्तदान कार्यक्रममा राजापुर उद्योग बणिज्य संघका अध्यक्ष कृष्ण रेग्मी ७ औं पटक, सत्य नारायण चौधरी २५ औं पटक, काठमाण्डौं नगरपालिका वार्ड नं. ९ की लक्ष्मी घिमिरे र राजापुर नगरपालिका वार्ड नं.–८ का युवराज जैसी तथा महासचिव चौहानले ९१औं पटकको रक्तदान गर्नुभएको थियो ।

यसरी सो अवसरमानेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय केन्द्रीय अध्यक्ष कर्माचार्यले आतिथ्य संस्था बर्दिया जिल्ला शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्साललाई धन्यवाद प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा अतिथीहरुलाई समाजको बर्दिया जिल्ला शाखाद्वारा टि-सर्ट प्रदान गरी स्वागत गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समितिका अध्यक्ष लोकराज ढेंगानाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रमलाई सफल बनाउन समाजका जिल्ला सल्लाहकार गोपाल निरौला, जिल्ला सदस्य शिशिर शर्मा, सदस्य रमेश जैसी लगायतको योगदान रहेको थियो । रक्तदान कार्यक्रममा राजापुर नगरपालिकाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र राजापुरका प्रमुख महेश चौधरीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।