पुरुषको लाश फेला पर्यो


अशोक राजी २५ माघ सोमबार, सुर्खेत 
सुर्खेतको वीरेन्द्रनगर २५ स्थित भुरेली भन्ने ठाउँको एक माछा पोखरीमा आज एक जना पुरुषको लाश फेला परेको छ । वीरेन्द्रनगर १ स्थित धारापानी निवासी अन्दाजी ३६ बर्षिय चन्द्र बहादुर दमाइको लाश फेला परेको असही टोप बहादुर खड्काले जानकारी दिनुभयो । भुरेलीका चैतराम चौधरीको माछा पोखरीमा आज दिउसो दमाइको लाश फेला परेपछि पोष्टमार्टमका लागि क्षेत्रिय अस्पताल कालागाउँ सुर्खेतमा राखिएको असहि खड्काले बताउनुभयो । ५ फिट गहिरो माछा पोखरीमा ३ फिट मात्रै पानी भएकाले घटना बारे छानविन हुने घटनास्थलबाट फर्केका प्रहरी नायव निरीक्षक अमर रावतको भनाइ छ । एउटा हातमा टर्च र अर्को हातमा दुबो समातेको अवस्थामा लाश फेला परेकोले मादक पदार्थ सेवनगरी हिड्नेक्रममा पोखरीमा खसेको हुन सक्ने पनि अनुमान गरिएको उहाँले बताउनुभयो । स्थानीयले दिउसो लाश देखेपछि बाङ्गेशिमल प्रहरी पोष्टलाई खबर गरेका थिए ।