बराह ताल विकासका लागि भन्दै विभिन्न खेलकुद


अशोक राजी
२२ माघ, शुक्रवार सुर्खेत
बराह ताल खेलकुद विकास क्लव तरंगा सुर्खेतले आउँदो फागुन ६ गतेदेखि ८ गतेसम्म विभिन्न खेलकुद कार्यक्रम गर्ने भएको छ ।
सुर्खेतको तरंगा लगायत पर्यटकिय क्षेत्रको विकास संगै स्थानिय पर्यटन क्षेत्रको विकासका लागि भन्दै ३ दिने खेलकुद कार्यक्रमको आयोजना गरिने भएको हो ।
बराह ताल खेलकुद विकास क्वलका अध्यक्ष रतन बहादुर शाहीले क्लवको निर्णय पुस्तीका सार्वजनिक गर्दै स्थास्थ्य विकाससंगै खेल क्षेत्रलाइ अगाडी बढाउनका लागि तरंगा गा.वि.स.विभिन्न वडाहरुको प्रतिष्पर्धाका लागि खेलकुदको आयोजना गरिएको बताउनुभयो ।
खेलकुदमा विभिन्न भलिबल, फुटबल, ८ सय र १५ सय मिटर दौड, लगायतका कार्यक्रम रहेको क्लवका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
यसैगरि क्लवले विभिन्न निर्णय निर्णयहरु प्नि सार्वजनिक गरेको छ ।
पश्चिम सुर्खेतको तरंगालाइ विकसित गराउनका लागि खेल क्षेत्रको विकास, पर्यटकिय क्षेत्रको विकास लगायतका कार्यक्रम गरिने पनि आज विरेन्द्रनगरमा जानकारी गराइएको हो ।
यस्तै गत साउनमा आएको बाढिपिडितहरुका लागि राहत रकम संकलनका लागि सहयोग गर्ने पनि क्लवले जानकारी दिएको छ ।
यता गत साउनमा आएको बाढि पहिरोका कारण विभिन्न धनजनको क्षेतीका बारेमा पनि क्लवले छलफल गरेको छ
युसैगरि गएको साउनमा आएको विनासकारी बाढिपहिरोको अनुगमन तथा सुरक्षाका लागि आएको प्रहरी प्रशाशनको टोलीले विभिन्न विषयमा गरेका खर्चहरुको पनि बाढि पहिरो राहत रकमबाट खर्च गरिएको भन्दै क्लवले विरोध जनाएको छ ।
तरंगा गा.वि.स.मा रहेका बाढिपहिरो पिडितका लागि भन्दै सुरक्षामा आएका प्रहरी प्रशासनले गरेका खर्चहरु बाढि पहिरो पिडितका लागि छुट्याइएको रकमले पुरा गरेकोमा पनि क्लले दुख व्यक्त गरेको छ ।
गा.वि.स.ले छुट्याएको रकम बाढिपिडितका लागि खर्च नगरिएको भन्दै क्लवले विरोधसमेत जनाएको अध्यक्ष शाहीले गुनासो गर्नुभयो ।
सुरक्षाका लागि आएका प्रहरी प्रशासनले नै बाढिपिडितका नाममा छुट्याइएको रकममा मनोमानी गरेपछि कस्को विस्वास गर्ने पनि अध्यक्ष शाहीले दुखेसो पोख्नुभयो ।
यता हालका गा.वि.स.सचिव चेतन प्रकाश आचार्यले गाउँ परिषदले निर्णय गरेको खण्डमा विभिन्न कार्य गरिने जानकारी दिनुभयो ।