
कर्णाली प्रदेश सरकारको आज बसेको बैठकले विभिन्न ५ निर्णय गरेको छ । मुख्यमन्त्री मंगल शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट भएका पाँचवटा महत्वपूर्ण निर्णय प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय कल्याणी खड्काले जानकारी दिनुभएको छ ।
बैठकबाट भएका महत्वपूर्ण निर्णयहरू
१. आर्थिक मामिला तथा योजना मन्त्रालय योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने ।
२. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बीउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने निकाय तोक्ने ।
३. सामाजिक विकास मन्त्रालय कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गर्ने ।
४. सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३ स्वीकृत गर्ने ।
५. जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कर्णाली प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने।



Prawash Kumar Shakya । १८ कार्तिक २०८३, मंगलवार १८:०२ बजे