घोषणा गरेको २४ घण्टा नबित्दै निःशुल्कमा विरामीलाई यातायात सेवा कार्यान्वयन शुरु गर्यौः ईन्चार्ज श्रेष्ठ


मध्यपश्चिम यातायात सुर्खेत सेवा प्रा.लि.ले ‘सोफा र स्लीपर’ सुविधासहितको नयाँ ‘शुभ कर्णाली’ बस सेवा सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत ठूलो घोषणा गरेको प्रदेश अस्पताल र मेहेलकुना अस्पतालबाट रेफर गरिएका विरामीलाई निःशुल्क सेवा दिने निर्णय आज एक विरामीलाई सो सेवा दिएको छ ।

प्रालिका ईन्चार्ज पवन श्रेष्ठका अनुसार प्रालिले घोषणाको २४ घण्टा नपुग्दै समितिले उक्त प्रतिबद्धता पूरा गरेको बताउनुभयो । ईन्चार्ज श्रेष्ठले भन्नुभयो “हामीले हिजो सोमबार मेहलकुना अस्पतालबाट रिफर हुनुभएकी गर्भवती यशोदा थापा जैसीलाई चितवनसम्मको निःशुल्क यात्रा गराएर सेवाको सुरुवात गरेका छौं ।

स्मरण रहोस् प्रालिले काठमाण्डौंकालागि सुविधासम्पन्न रात्री बस “शुभ-कर्णाली” शुभारम्भ गर्दै नेपालगंज, चितवन र काठमाण्डौं रेफर गरिएका विरामीलाई निःशुल्क सेवादिने प्रतिवद्धता गरेको थियो ।