चाया हटाउने घरेलु उपाय


dandruffनरिवलको तेलमा कपुर मिलाएर कपालको जरासम्म पुग्नेगरी राम्रोसँग मसाज गर्ने । केही दिनमै चाया कम भएको महसुस हुनेछ । – तोरीको तेलले कपाल मसाज गर्ने । मसाज गरको आधा घण्टापछि तातो पानीमा तौलिया भिजाएर राम्रोसँग निचोरी टाउको बेर्ने । यसो गर्दा कपालको रोमछिद्र खुल्छ । यसो गरेको १५ मिनेटपछि कपाल धुने ।

– चुकन्दरको पातलाई पानीमा उमाल्ने र उमालेको पानीले कपाल धुने ।

– अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाई आधा घण्टापछि पखाल्ने ।

– अमिलो दहीले टाउको धुने गर्नाले समेत चायाको समस्याबाट छुट्कारा मिल्छ ।

– कागतीको रसमा मरिच मिसाउने र कपालको जरामा लगाउने ।

– ग्लिसरिन र गुलाबजल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेरपछि धुने ।

– अमिलो दहीमा बेसन मिसाउने र कपालमा लगाई एक घण्टापछि कपाल धुने ।

साभारः स्वास्थखबर पत्रिका