लाटीकोइली स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्दै


११ भाद्र, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मा रहेको लाटीकोइली स्वास्थ चौकी अब स्तर उन्नती भै १५ शैयाको अस्पताल हुने भएको छ ।

२०३४ सालमा स्थापित लाटीकोइली स्वास्थ्य चौकी अब १५ शैयाको अस्पतालमा स्तर उन्नती हुनलागेको हो । अथक मेहनत पछि अब वडामा रहेको स्वास्थ्य चौकी अस्पतालमा स्तर उन्नती गराउने सपना साकार हुन लागेको ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो “यो स्वास्थ्य चौकीले साविकको लाटीकोइली र उत्तरगंगाका वासीहरुलाई सेवा दिँदै आएको छ । अब स्तर उन्नतीले जनताले थप सेवा सुविधा पाउने छन्  “

हामीले वडामा रहेको स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउनकालागि २०७४ पौष १४ गते विभिन्न राजनितिक दलका प्रतिनिधी तथा स्थानीय सामाजिक अगुवाहरुको भेलामा गरेको छलफल आज साकार हुन थालेको छ । वडा अध्यक्ष मानन्धरले भन्नुभयो ।

हामीले गतबर्ष साउन २९ गतेबाट वडा कै पहलमा लाटीकोइली स्वास्थ्य चौकीमा साता १ दिन चिकित्सकिय सेवाको शुभारम्भ गरिसकेको थियौं र यसलाई हामी केहीदिनमा चिकित्सकिय सेवा उपलब्ध गराउँदै आएकाछौं । साथै २४ सै घण्टा आकस्मिक सेवापनि रहेको छ । वडाअध्यक्ष मानन्धरले भन्नुभयो ।

सायद स्वास्थ चौकीबाट नियमित चिकित्सकिय चेकजाँच तथा २४ सै घण्टा आकस्मिक सेवा दिने स्वास्थ्य चौकी नै यही होला । यसैमा अब नेपाल सरकारले अस्पतालमा स्तर उन्नती गर्ने भएको छ यस कार्यमा सहयोग गर्नुहुने स्वास्थ्य राज्यमन्त्री नवराज रावत नगरप्रमुख देवकुमार सुवेदी लगाएत सम्पूर्ण वडाबासीहरुमा आभार व्यक्त गर्दछु । वडाअध्यक्ष मानन्धरले भन्नुभयो ।