चैत्र ६, २०७३- सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसदहरुले हिन्दु राष्ट्रको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेका छन् । आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो । उनीले धर्मनिरपेक्षतालाई हटाएर ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’भन्ने बाक्यांश राख्न संशोधन प्रस्ताव गरेका छन् ।
संशोधन प्रस्तावमा संविधानको धारा ४ को उपधारा १ मा संशोधन आवश्यक भएको उल्लेख गर्दै ‘धर्मनिरपेक्ष भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने बाक्यंश राख्ने भनिएको छ ।
राप्रपाका कुन्ती साहीसहितका छ सांसदले हस्ताक्षर गरेको संशोधन विधेयक संसद सचिवालयमा गैरसरकारी विधेयकका रुपमा दर्ता भएको हो । निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाई दिएपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गरेको हो ।

साभारः कान्तिपूरअनलाइन



Prawash Kumar Shakya । ६ चैत्र २०७३, आईतवार १२:२० बजे