सहकारीमा आधारभूत लेखा र कार्यालय व्यवस्थापन तालिम सम्पन्न


२६ असोज । प्रोफेसनल स्कील डेभलाप्मेन्ट प्राइभेट लिमिटेड (पिएसडि)वीरेन्द्रनगरले  चार दिन देखि संचालन गरिरहेको सहकारीहरुकालागि आधारभूत लेखा र कार्यालय व्यवस्थापन तालिम आज सम्पन्न भएको छ ।

तालिममा एड्‍भान्स एकाउन्टिङ्ग, सहकारीमा प्रभावकारी सञ्चालन विधि, सहकारीमा जोखिम व्यवस्थापन, कर, इफाइलिङ्ग, ऋण लगानी, विधि, प्रक्रिया र मूल्याङ्कन लगायतका विषयमा सहजिकरण गरिएको पिएसडिका श्रोतव्यक्ति झक्कड पुलामीले जानकारी दिनुभयो ।

तालिममा विभिन्न १० वटा सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, लेखा समितिका प्रतिनिधिलगायत गरी २० जना सहभागि भएका थिए ।

कार्यक्रममा पिएसडि प्रवन्ध निर्देशक प्रेमकुमार विसीले  प्राय:सहकारीहरुमा लेखा प्रणाली चुस्त र व्यवस्थित नहुँदा नोक्सानी व्यहोर्नुपर्ने समस्या समाधान गराउन दक्ष जनशक्ति उत्पादन गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।