निर्वाचन शान्तिपूर्ण ।


२२ मंसिर, सुर्खेत । बिहिबार देशभरीका ४५ स्थानमा सम्पन्न भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७४ सुर्खेतमा पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ । मुख्य निर्वाचन कार्यालय सुर्खेतले जिल्लामा ७० प्रतिशत मत खसेको जनाएको छ ।

१ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा २६३ मतदान केन्द्र रहेको थियो । सबै केन्द्रहरुबाट मत पेटिका आइपुगेपछि सर्वदलिय बैठक बसी मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ साथै बिहिबार सम्पन्न निर्वाचन अन्तर्गत जिल्लाको क्षेत्र नं.१का सबै मतदान केन्द्र्रहरुमा निर्वाचन भय रहित र शान्तिपूर्ण वातावरण सम्पन्न भएको भेरीगंगा नगरपालिक वडा नं ४, कि स्थानिय रमिसरा योगीले जानकारी दिनु भयो ।