कर्णालीमा २ महिनालाई पुग्ने खाद्य मौज्दात छः शाखा प्रमुख थापा


९ चैत्र, सुर्खेत । नेपाल खाद्य संस्थान सुर्खेतले सुर्खेतमा मात्र १७ हजार क्वीन्टल चामल मौज्दात रहेको जनाएको छ ।

कोरोना भाइरसको त्रासको कारणले चामल पाउँदैन कि भनेर आत्ति हाल्नुपर्ने अवस्था नरहेको नेपाल खाद्य संस्थान सुर्खेतका शाखा भीमबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो । अहिले हामी संग सुर्खेतकालागि मात्र १७ हजार क्वीन्टल चामल मौज्दात रहेको छ त्यसैले सम्पूर्ण उपभोक्तालाई नआत्तिएर खरिद गर्न आग्रह गर्दछु ।

कर्णाली प्रदेशको जुम्लामा ३ हजार ९ सय ४८ क्वीन्टल, कालिकोटमा २ हजार ८ सय ८०, डोल्पामा ६ हजार, मुगुमा २ हजार ९ सय , हुम्लामा २ हजार ६ सय जाजरकोटमा ३ हजार ५ सय तथा दैलेख १ हजार ५ सय क्वीन्टल चामल मौज्दात रहेको छ यस्ले करिब २ महिना जति पुग्छ सुर्खेत शाखा प्रमुख थापाले बताउनुभयो ।

खाद्य संस्थानबाट विक्री हुने चामलका बोराहरु ३० किलोको रहेको र जिरा मसि नो चामल १ हजार ६ सय ५० सोना मन्सुली १ हजार ४ सय ५० जापानी चामल १ हजार ५ सय ५० र अरुवा मोटो चामल १ हजार २ सय ६० रुपैया रहेको संस्थानका वरिष्ठ सहायक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै कर्णालीको सिमी प्रतिकेजी १ सय २० र फापर ५० रूपैया केजीमा विक्री वितरण गरिएको उहाँले बताउनुभयो ।

संस्थानले ग्राहकहरुलाई परिसर भित्र साबुन पानीले हात धुने तथा स्यानीटाइजर तथा खानेपानीको व्यवस्था पनि गरिएकोले सम्पूर्ण ग्राहकलाई संयमता पूर्वक सामान खरिद गर्न शाखा प्रमुख थापाले अनुरोध गर्नुभयो ।

यसैवीच कर्णाली प्रदेश सरकारले समूह बनाएर नहिड् आग्रह गरेको छ आग्रहलाई अटेर गरि हिडेको पाइएमा पक्राउ गर्ने  जनाएको छ । उच्च स्तरिय अनुगमन समितिको बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई अत्यावश्यक काम बाहेक आफूखुसी ग्रुपमा हिड्ने नागरिकलाई तत्काल पक्राउ गरेर कारवाही गर्न कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले यस्तो निर्देशन दिनुभएको हो ।

‘विशेष परिस्थिति बाहेक अन्य काममा भेला नहुन आम नागरिकलाई आग्रह गर्दछु’ साथै, ‘ड्रोनबाट र स्थलगत रुपमा सुरक्षा नियकालाई निगरानी बढाएर अटेरी गर्नेलाई तत्काल कारवाही गर्नुहोस् ।’ मन्त्री भण्डारीले भनुनुभयो ।

‘कोरोनाको संक्रमण फैलिएमा न गोली पड्कीन्छ न रगत देखिन्छ तर मान्छे धमाधम ढल्ने स्थिति आउने भएकाले सबैलाई आ–आफ्नो ठाउँबाट उच्च सर्तकता अपनाउन अनुरोध छ ।’ विपद्को बेला एक ठाउँमा क्षतीहुँदा अन्य मानिसले उद्धार गर्न सक्थे तर कोरोना भाइरसको संक्रमण फैलिएमा नागरिकहरुलाई बचाउँने कोही नहुने स्थिति रहेको भन्दै मन्त्री भण्डारीले भन्नुभयो, ‘सरकारी तवरबाट उच्च सर्तकता अपनाउन कुनै कसर बाँकी नराखेकाले नागरिकलाई पनि सर्तकता अपनाउन अपिल गर्दछु ।’

कालाे बजारी गर्नेलाइ तत्काल कारवाही गर्ने र अनुगमन कार्यलाइ तिव्रता पारिएकाे र त्यसकालागि अनुगमन गर्न ग्राहक बनाएर केही व्यक्तिहरु परिचालन गरिएकाे मन्त्री भण्डारीले जानकारि दिनुभयो ।