लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान,समापन ।


सुर्खेत,२४ मंसिर । “लैङ्गिक हिंसा अन्तयका लागि सबै जुटौं, कोही नछुटौं”
भन्ने नाराका साथ यहि मंसिर ९ गते शनिवारका दिन देखि शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम आज वीरेन्द्रनगरमा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
महिला तथा वाल–वालिका कार्र्यालय, सुन्दर नेपाल संस्था, सिमान्तकृत महिलाहरुका लागि महिला संस्था(वाम), समाज जागरण केन्द्र(स्याक) नेपाल र एकल महिला समूहको संयुक्त आयोजनामा संचालित १६ दिने अभियान आईतबारका दिन जिल्ला स्थीत विभिन्न सरकारी, गैह–सरकारी तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया गरि समापन भएको हो ।
स्याक नेपाल अन्तर्गत संचालित सु–आहारा कार्यक्रमका फिल्ड संयोजक रेशम चन्द्रका अनुशार जिल्लामा संचालित अभियानका क्रममा विभिन्न संघ–संस्थाहरुमा फलफुल लगाएत जाडो मौषमका लागि न्यानो लुगा–लत्ता वितरण गरिएको जानकारी दिए । यसै बिच यूएसए आईडिको अािर्थक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित पहल कार्यक्रमका जेसी अधिकृत टमबहादुर चौधरीले, पहिला–पहिला अभियान संचालन नहुदाको क्रममा जसरी हिंसाका गतिविधिहरुमा बृद्धि भएको थियो यस्तो अभियान शुरु भए पश्चात क्रियाकलापहरुमा कमि आएको बताए । चौधरीका अनुशार अन्तरक्रिया कार्यक्रममा पीडित सहभागिहरुले आफुमाथि भएको हरेक हिंसाहरुको बारेमा खुलेरै छलफल गर्नुका साथै समस्या पश्चात समाधानका उपाय र समस्या परेको समयमा कानुनी उपचारका बारेमा जिज्ञासा राखेको जानकारी दिए ।