साधारण सभा सम्पन्न


माघ ६, सुर्खेत ।

भेरी सामुदायिक बन उपभोक्ता समुह वीरेन्द्रनगर ८ र १२ को तेह्रौं साधारण सभा सम्पन्न भएकोछ । समुहका अध्यक्ष सुमित्रा कोइरालाको अध्यक्षतामा भएको साधारण सभामा वीरेन्द्रनगर नं. १० वडा अध्यक्ष थम्मप्रसाद गौतमको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

समुहको कोषाध्यक्ष चन्द्राकुमारी धामीले आर्थिक वर्ष २०७४÷०७५ को १९ लाख ५६ हजार ८ सय ९५ रुपैया ५३ पैसा कारोवार भएको सभामा प्रस्तृत गरिन् । संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समुहका सचिव खडानन्द दर्लामीले भेरी सामुदायिक वन वीरेन्द्रनगर बजार क्षेत्रको फोहोर फाल्ने डपिङका कारण वनको गतिविधिमा समस्या परेको बताएका छन् ।

बनको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन, चोरी निकासी, झुप्राको वालुवा उत्खननका कारण बनलाई समस्यामा पारेको सस्थाको प्रगति प्रतिवेदनमा उल्लेखछ । आर्थिक वर्ष २०७४÷०७५ मा बनको आफ्नै भवन निर्माण गरी विभिन्न तहले भवनका लागि आर्थिक अनुदान समेत दिएका सचिब दर्लामीले बताए ।