कर्णाली आन्दोलनका शहिद हरिबहादुरको शालिक बन्ने


हरीकृष्ण कुमाई
जुम्ला, पुस १०, कर्णालीलाई सुदुरपश्चिम संग जोडेको भन्दै कर्णालीको जुम्लामा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद हरीवहादुर कुँवरको स्मृतिमा सदरमुकाम खलंगामा शालिक बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय देखि पूर्व,उद्योग शाखा कार्यालय देखि उत्तर,चन्दननाथ मन्दिर जाने मुलवाटो देखि पश्चिम,र खलंगाको मुल वजारको दक्षिण क्षेत्रमा शहिद कुँवरको कलात्मक शालिक वन्न लागेको हो ।

१० वर्गमिटर जग्गा भित्र निर्माण गरिने शालिकका लागि आवश्यक वजेट चन्दननाथ नगरपालिका र गाउँपालिकामा माग गर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेक वहादुर बुढाथापाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको सर्वपक्षिय र सर्वदलिय वैठकले हरीबहादुर कुँवरको शालिक निर्माण गर्नुका साथै आन्दोलनका क्रममा घाईते भएकाहरुको जीविकोपार्जनका लागि पहल थाल्ने निर्णय भएको हो ।

खलंगामा शहिद कुँवरको शालिक निर्माण गर्ने, अक्षयकोषको स्थापना गर्ने र कुडारी ताम्ती सडकलाई हरीवहादुर स्मृति मार्गका रुपमा घोषणा गर्ने यसअघि नै निर्णय भईसकेको थियो । हरी वहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानका अध्यक्ष राजवहादुर कुँवरले संस्थागत, व्यक्तिगत र पुस्तक पढौ, अक्षयकोष बढाउ भन्ने मान्यताका साथ अघि बढेको बताए ।

जिल्ला प्रशासन अगाडी आन्दोलनको मोर्चा, घाईते भएको स्थान, आन्तरिक तथा वाहृय पर्यटकको प्रवेशद्धार नै भएकोले प्रशासन कार्यालय अगाडीको जग्गामा शालिक बनाउने निर्णय भएको हो । जग्गा छनौट प्रक्रिया अघि वढ्न नसक्दा शालिक निर्माणका लागि आएको वजेट सदुपयोग हुन नसकेको भन्दै यो निर्णय खलंगामै आन्दोलनको अभिव्यक्ति दिने कलात्मक शैलीको शालिक वन्नेमा दुइमत नभएको उनले वताए ।

शालिक कहाँ निर्माण गर्ने भन्ने वारेमा एक सय वढि फरक फरक पहिचान वोकेका व्यक्तिसंगको प्रतिक्रिया संकलन गरिएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी वुढाथापाले शहिद कुँवरको शालिक निर्माण, शहिदपार्क र अक्षय कोषलाई प्रभावकारी बनाउदै लगे शहिदको सच्चा सम्मान हुने बताउँदै कर्णालीको अमुल्य निधी शहिद हरीवहादुर कुँवरको योगदानलाई बचाई राख्न सवै कर्णालीबासीको महत्वपूर्ण भुमिका हुने औल्याउनुभयो ।

२०७२ साउन १२ गते देखि १२ दिन सम्म भएको कर्णाली आन्दोलनमा भदौ ६ गते कुँवर ज्यान गएको थियो ।