
१४, भाद्र सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाको पाँचौ अधिवेशनबाट तिलकप्रसाद आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
आज शनिबार सम्पन्न सातौ साधारण सभा तथा पाँचौ अधिवेशनले आचार्यको अध्यक्षतामा १० सदस्यीय समिति चयन गरेको हो । जसमा सदस्यहरु दल बहादुर राना, लोकेन्द्र बहादुर गिरी, जीवन कुमारी सिंजाली, प्रवाशकुमार शाक्य, बिर्खराज डि सी, टीका ढकाल, मानबहादुर खड्का र यज्ञ खत्री चयन हुनुभएको छ ।
संस्थाको विधान अनुसार कार्यसमितिमको पदाधिकारीहरुको बाँडफाँड चयन भएका सदस्यहरुबाट गरिने नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले क्यान सुर्खेतको नवनिर्वाचित कार्यसमितिले डिजिटल कर्णाली प्रदेशकोको अवधारणामा उच्च योगदान गरोस भन्दै उहाँले सोही अनुसारको कार्य योजनाको मार्ग निर्देश गरोस भन्ने अपेक्षा गरेको बताउनुभयो ।
सूचना प्रविधीको यूगले अहिले विश्व बजार चमात्कारिक भैरहेको छ तर हाम्रो देश लाभान्वित हुन सकिरहेको छैन् हामी सूचना प्रविधी र समृद्धी साथी अझै बन्न सकिरहेका छैनौ, समृद्ध देश अनी समृद्ध कर्णाली प्रदेश बनाउनकालागि क्यान महासंघमा आबद्ध व्यवसायीहरुको व्यवसायीक जीवनमा भरमग्दुर सहयोग सहयोग गर्ने प्रतिबद्धता गरेको मन्त्री भण्डारीले बताउनुभयो ।
आइटिमय व्यवसायीक जीवन यापन गर्नकालागि प्रदेश सरकारले भरमग्दुर प्रयास गर्ने उहाँले बताउँदै उहाँले मानिसले चाहँदा नचाहदा पनि प्रविधीलाई प्रयोग गर्न अनिवार्य भएको जकिर गर्नुभयो ।
कार्यक्रममा तिलकप्रसाद आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीम केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।




Milan Shrestha । १४ भाद्र २०७६, शनिबार २२:४९ बजे