
जगतदल जनाला बिक
१६ बैशाख, सुर्खेत । बग्छ हजुर आँसुको धारा ! पाइन मैले कसैको साहारा !! भन्दै फागुन २० गते बाबियाचौर महोत्सवमा शेरबहादुर बिकले आफ्नो जीवन संग सम्बन्धित मार्मीक गित गाउँदै मनको वेदना पोख्नुभयो । विकको त्यो वेदना सुनिसकेपछि महोत्सवमा सहभागी कलाकार कृष्ण कंडेलले साहाराका लागी केही रकम सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको थियो ।
सोही प्रतिवद्धता अनुरुप कलाकार कृष्ण कँडेल तथा इन्द्रेणी समूहले आज विभिन्न सहयोगी व्यक्तिबाट संकलित १ लाख १५ हजार रुपैयाँ विकलाई हस्तान्तरण गरिएको छ।
चौकुने गाउँपालिका ४ निवासी शेरबहादुर बिक र उहाँका जीवन संगीनी महेश्वरी बिक दृष्टिविहिन हुनुहुन्छ । उहाँहरुका छोरा महेश पनि जन्मजात दृष्टिविहिन जन्मिनुभयो । महेश अहिले डेड वर्षका हुनभएको ।
शेरबहादुरलाइ लाग्थ्यो आफु दुइजना नदेख्ने भएपनि मेरो सन्तान राम्रो जन्मिओस ,भविश्यको साहारा होस भन्ने आशा थियो । जिन्दगीको साहारा छोरा पनि आफुहरु जस्तै दृष्टिविहिन जन्मिए पछि उहाँको आशा पनि मर्याे । छोराको उपचारबाट आँखा ठिक हुन्छ की भनेर उहाँ विभिन्न संघ संस्था, गाउँपालिकासंग सहयोगको याचना गर्दै बारम्बार जानुभयो तर उहाँको समस्या बुझीदिने कोही भएनन् ।
ऋण गरेरै भएपनि उहाँले छोरालाई उपचारका लगि नेपालगञ्ज, सुर्खेत र कैलालीको गेटासम्म लिएर जाँच गराउनुभयो । तर कहिं बाट पनि डाक्टरले आशा लाग्दो सल्लाह दिएनन् ।
रातीमा बत्ती बाल्दा उज्यालो तिर बच्चा जान खोजेको देखेपछि उपचार का लागि काठमाडौ लैजाने विचार भयो शेरवहादुरलाई । उपचारका लागि काठमान्डौ सम्म जान पैसा थिएन ।आफ्नो मृगौला बेचेर भएपनि छोराको उपचार गरेरै छोड्छु भन्ने आँटका साथ उहाँ कर्णाली राजधानी वीरेन्द्रनगर आउनुभयो । यहि समयमा कृष्ण कँडेल र इन्द्रेणी समूह उहाँलाई सहयोग गर्न भनेर वीरेन्द्रनगर पुगेको थियो ।
विक घरमा बुढी आमा छन, दाजुभाइ छुट्टिएर अलग्गै बसेका छन् । बुवाले हालेको घर समेत भत्केको छ । अहिले उहाँ अस्थायी पाल टाँगेर आमाको साहारामा बस्दै आउनुभएको छ ।
विभिन्न संघ संस्था एवं सहयोगी मनहरुले सहयोग गर्नु परेमा उहाँको मोबाइल ९८४४८६५९९२ नम्बरमा सम्पर्क गर्नका लागि विकले अनुरोध गर्नुभएको छ ।




Milan Shrestha । १६ बैशाख २०७६, सोमबार १७:०० बजे