
हरि कृष्ण कुमाई, जुम्ला
पुस १२,
जुम्ला जिल्लामा भौगोलिक विकट्ताका कारण खेलाडी केन्द्रिकृत गराएर प्रशिक्षण गराउन असहज भएको जिल्ला खेलकुद विकास समिती जुम्लाले जनाएको छ । गाउँगाउँमा सडक सञ्जाल विस्तार हुन नसकेको र आर्थिक समस्याका कारण खेलाडीलाई समयमै सदरमुकाममा अभ्यास गराउन कठिन भएको भएको हो ।
भलिवल प्रशिक्षक वरमवहादुर महतले भलिवल खेलको विकासमा राज्य उदासिन भएको गुनासो गरे ।
खेल मैदान, खेल सामाग्री पर्याप्त मात्र नहुँदा खेलाडीहरुलाई प्रशिक्षण दिन गाह्रो भएको भलिबल प्रशिक्षक बरमबहादुर महतले गुनासो पोख्दै महतले भलिबल खेलको विकासमा राज्य उदासिन भएको आरोप लगाए ।
भलिवल खेलमा १२ जना खेलाडी चाहिन्छ, तर आर्थिक तथा घरायसी कारण देखाउदै खेलाडी आउन मान्दैनन । प्रशिक्षक महतले भने, खेलाडी केन्द्रिकृत गराउनु पहिलो चुनौति हो । प्रशिक्षण दिनकै लागि तातोपानी र रिनी गाउँ सम्म पुगेको बताउदै प्रशिक्षक महतले खेलमा लागे घर नै विग्रने युवाहरुमा सोच रहेको पनि दुर्गममा खेलकुदको विकास हुननसकेको जिकिर गरे ।
भलिवल खेलाडी निराजन नेपालले खेलाडीको स्तरवृद्धि र हौसलाका लागि प्रत्येक स्थानीय तहमा गाउँपालिका वा नगरपालिका कप सञ्चालन गर्नु पर्नेमा जोड दिए । कर्णालीमा प्रतिभावानमा खेलाडी हुँदाहुँदै पनि राज्यले आफूअनुकुल योजना निर्माण गर्ने तथा खेल मैदान र प्रोत्साहन अभावमा पिल्सिएका जुम्लाका खेलाडीलाई राज्यले विशेष व्यवस्था गर्नु पर्ने तथा कर्णालीमा सुविधा सम्पन्न रंगशाला व्यवस्था गर्न सरोकारवाल समक्ष खेलाडी नेपालले माग गरे ।



Prawash Kumar Shakya । १२ पुष २०७४, बुधबार ११:०० बजे