प्रशान्ति बृद्धाश्रममा पुनः श्रेष्ठ अध्यक्ष चयन



पुस २९, सुर्खेत
सुर्खेत तथा आसपासका जिल्लाहरुमा रहेका असहाय तथा असक्त ज्येष्ठ नागरिकहरुको आश्रय स्थल बन्दै आएको  प्रशान्ति बृद्धाश्रमको आज सम्पन्न १९ औं बार्षिक साधारण सभाले पुनः बालकृष्ण श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

त्यस्तै सभाले विद्याभूषण मानन्धर र सितल सिंह राठौरलाई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः चेतबहादुर अधिकारी र बसन्तकुमार रेग्मीलाई चयन गरेको छ । त्यस्तै सहसचिवमा प्रेमकुमार आचार्य सदस्यहरुमा भद्र भण्डारी, बालकुमारी डाँगी, बेलमाया गिरि, चन्द्रप्रसाद सापकोटा, टिका भण्डारी, रविन लामिछाने, बालकृष्ण पुरी, पूर्णदेव अधिकारी र बालराम सापकोटालाई चयन गरेको छ ।

सभामा कार्यक्रमका मुख्य अतिथी जिल्ला समन्वय समितिका अध्यक्ष छवीलाल सिग्देलले आफु जहाँ रहे पनि यस आश्रमलाई संस्थागत तथा ब्यक्तिगत सहयोग गर्न सँधै अग्रसर भै रहने प्रतिबद्धता जनाए ।

त्यस्तै आश्रमका नवनिर्वाचित अध्यक्ष एवम् जेष्ठ नागरिक महासंघका प्रदेश नं ६ का संयोजक बालकृष्ण श्रेष्ठले आश्रमलाई प्रदेश नं ६ का सबै जिल्लालाई समेटेर एउटा उत्कृष्ट आश्रम बनाउने आफ्नो योजना रहेको बताउँदै उनले आफ्नो जीवन सदाकालागि बृद्धबृद्धाहरुको सेवामा समर्पण गरिरहेने प्रतिबद्धता जनाए ।