देशभर बदली, अझै एक-दुई दिन यस्तै हुन्छ: मौसमविद


१५ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मौसममा बदली भइ पानी परेको छ । यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने मौसमविदले अनुमान गरेका छन् ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको कारण र प्रि मनसुन गतिविधि सक्रिय भएका कारण पानी परिरहेको छ ।

मौसमविद विभुति पोखरेलका अनुसार जलवाष्पयुक्त वायु पश्चिमबाट पूर्वतर्फ सरिरहेको छ । आज एकछिन आकास खुलेजस्तो भए पनि फेरि बदली हुने पोखरेलले जानकारी दिइन् ।

शुक्रबार पनि काठमाडौं उपत्यकामा असिना पानी परेको थियो । काठमाडौंमा गएको २४ घण्टामा २८ दशमलव २ मिलिमिटर पानी परेको छ । अनलाइन खबरबाट