नवराज कुन्दन
कालिका गाउँपालिका, ६ कालिकोट
यहाँ आँखा-आँखाको छलफल खतरा हुन्छ।
लाग्छ अबको जुनसुकै पल खतरा हुन्छ।
बेगले नबगे पनि जिन्दगी बगाउन सक्छ,
हेर यी आँखामा आसुको भल खतरा हुन्छ।
भुइचालो बनेर आउँछ आधी बनेर आउँछ,
सुरु-सुरुमा मायाको मिसकल खतरा हुन्छ
फेरि झरीले बास उठाउछ कि बिनास गर्छ
दुस्मनी बोकेर हिडेको बादल खतरा हुन्छ।
हार नखानु होला आमा यो न्याएको लडाइँ मा
निर्धाहरु सङग पनि बाहुबल खतरा हुन्छ।



Milan Shrestha । १५ माघ २०७४, सोमबार ०६:०९ बजे