६ नं. प्रदेश सभा बैठकको तयारी पूरा


प्रवाशकुमार शाक्य

२० माघ । सुर्खेत । ६ नं. प्रदेश सभाको तयारी पूरा भएको छ । संसद सचिवालय शैक्षिक तालिम केन्द्रको भवन तोकिए पनि प्राविधिक कारणले गर्दा हाललाई  मप सिचाइ कार्यालयको सभाकक्षमा गर्ने गरि तयारी पुरा गरिएको हो ।

२१ गते दिउँसो १ बजेबाट शुरुहुने सभामा सहभागिताकालागि सम्पूर्ण सांसदहरुलाई खबर गरिसकिएको संसद सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।

सभामा दर्शक तथा पत्रकारहरुकालागि पासको व्यवस्था गरिएको तथा सुरक्षा व्यवस्थापनि कडा पारिएको सचिव खड्काले जानकारि दिए ।