कुक तालिम समापन


सुर्खेत, १० चैत्र  ।
शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा संचालित सातदिने होटेल सहायक कुक सम्बन्धी तालिम बिहिबार समापन भएको छ । युएस.ए.आई.डिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन, सुन्दरनेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रबर्धन कार्यक्रम(पहल) अन्तर्गत बैकल्पिक जीविकोपार्जन अन्तर्गत उक्त सातदिने तालिम सुरु भएको थियो ।
परियोजना लागु भएका गाविसका बेरोजगारी युवाहरुलाई होटल IMG_8060सहायक कुक सम्बन्धी व्यवस्थापन, समस्या, चुनौती तथा समाधानका विषयमा जानकारी गराई होटल व्यवसायलाई सफल बनाउने सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।
तालिममा पहल परियोजना लागु भएका रजेना, धारापानी, लेखपराजुल, नेटा र काँफलकोट गाविसका बेरोजगार युवा–युवतीहरुकोे सहभागिता रहेको थियो । समापन  कार्यक्रमका सभाध्यक्ष तथा  परियोजनाका कार्यक्रम संयोजक सौरभ कर्मचार्यले, सहभागीहरुले सिकेको सिपलाई सहि सदुपयोग गरे मात्र तालिमको औचित्य पुरा हुने कुरामा जोड दिए ।
यस्तै, पहल परियोजनाका जिल्ला संयोजक भिमराज वास्तोको प्रमुख आथित्यमा सम्पन्न समापन कार्यक्रमा तालिमका प्रशिक्षक केशब परियारले सहजिकरण गरेको थिए । यसै गरी पहल परियोजनाका बैकल्पिक जीविकोपार्जन अधिकृत पदमबहादुर दलामीले अहिलेको बर्तमान परिवेशमा धेरै युवाहरु बैकल्पिक बाटो खोज्दै खाडि मुलुकहरुमा ग्।एर बिना सिपका कारण  ठगिनु परेको र अनाहकमा ज्यान  गुमाउनु पर्ने परिवेशलाई यस सिपले रोक्ने र आफ्नै देशमा युवाहरुले रोजगारी गर्नमा थप मद्धल पुग्ने बताए । यहि चैत ४ गते देखि संचालित तालिममा पहल परियोजना लागु भएका गाविसका १२ जना सहभागी रहेका थिए  ।