वादल र म


              कृष्णराज धमाला “अपूर्ण”
वतासे डाँडावाट देखीने
फाटफुट बादल जस्तै
म पनि ठिंग उभिएर
नियाली रहेछु खोच अनि हिम चुचुरा
पट्यारीलो सुनसान दिनमा
मनको बह फुकाउन कठिन
सर्बस्व नांगो देखिन्छन्
अग्ला पहाडको फेदिमा
खोला निरीह छ
भीर समतल देखिन्छ
म नियाली रहेछु नयन तेस्र्याएर
अध्यारा छन् केही गहीराहरु
मेलामा आगलागि अनि पहिराहरु
मात्र हिम पहाड देख्छु अग्ला अग्ला
कुहिरोको भेल मायालु खोज्दैछ
उसले परायी रोज्दैछ
मन भित्र भित्रै के के सोच्दैछ
कतै हिउका टाकुरा
खीया लाग्दैछन् बलिष्ठ पाखुरा
कहाँ रुदै होलान् चिसोमा चाखुरा
हेरीरहेछु एकोहोरो टोलाएर
सहयात्री कोही आउने छैन मनले बोलाएर
स्मरण गर्छु एकपटक
यात्रा अनौठो
बाटो फराकीलो
म अंकमाल चाहान्छु
प्रेमको मायाको
मात्र उ वरको अनि छायाको
हेर्दा सुन्दर बैस छ
आराम अनि यश छ
उ रहरमा छ
म जहरमा छु
म गाँउमा
उ शहरमा छ
फगत मन लोभिएको छ
उसँग सुन्दर बोली छ
मसँग मात्र झोली छ
मायाको बिस्कुन ओछ्याउनु कता
उदारो नयन बिछ्याउनु कता
कसैको ओठमा हाँसो छ
वतासे डाँडोमा बस्नेको मात्र
पीडा नासो छ
खै थाहा छैन
मलाई उसको
उसलाई मेरो
सायद मात्र चासो छ
यात्रा अनौठो भएर होला
कसैलाई फूलको माला
कसैलाई पासो छ
वादल आफ्नै गतिमा
नयाँ यात्राको तय गर्दैछ
म भने सहारा बिहिन
केही त्रासको
केही आसको
भारी बोकेर पाइला सर्दैछ ।
[email protected]