गजल


                                  हिरा शाही

गाउँका हर घरमा ढिकी जाँतो ओखल देखिन्छ
हेर बार्दलीबाटै लालिगुराँस फुल्ने जङ्गल देखिन्छ

जरुर प्रेममा नै पागल भएको हुनुपर्छ सोचियो
ऊ पागलहरुको हुलमा इमान्दार पागल देखिन्छ

एउटा छोरो धनी बन्यो अर्को बिल्कुल समाजसेवी
सोधेर हेर्नुस् बाको नजरमा को सफल देखिन्छ

सायद भाइहरु छुट्टिने लक्षण देखा परेको होला
घरमा बुहारीहरुको बडो चहलपहल देखिन्छ

पक्कै गतिलो खाले दुश्मनी हुँदैछ भन्ने लाग्छ
नयाँ दुश्मन अरु दुश्मन भन्दा असल देखिन्छ
        कालीकोट