कर्णालीको जोड्दै ‘नयाँ सडक’


महावु नजिकको भिरमा ट्रयाक खोलिएको सडक ।          महावु नजिकको भिरमा ट्रयाक खोलिएको सडक ।
दैलेख–सुर्खेत–जुम्ला २ सय ३६ किलोमिटर सडक पार गरे पुगिन्छ। तर, दैलेख सदरमुकामबाट कालिकोट हुँदै जुम्ला पुगे ४८ किलोमिटर सडक छोटो पर्छ ।
जिविसका प्राविधिकले गरेको अध्यायनले सहज र छोटो मार्ग हुने देखाएको छ। कर्णालीबासीलाई सुर्खेत झर्नलाई आरामदायी र छोटो यात्राका लागि नयाँ सडक निर्माण कार्यधमाधम भैरहेको छ। यो सडक खुलेपछि पैसामै कर्णालीसम्म सामान पुग्नेछ ।

दैलेखमुकामदेखि महावु (कालिकोटसिमाना)सम्म पुग्न ४६ किलोमिटर पार गर्नुपर्छ । महावुबाट नाग्मघाट (कर्णाली राजमार्ग ) हुँदै जुम्लासम्म पुग्दा सुर्खेत–जुम्लाभन्दा ४८ किलोमिटर सडक छोटो पर्ने प्राविधिकले गरेको अध्यायनले जनाएको छ। अहिले दैलेख सदरमुकामदेखि महावु जोड्ने सडकमा ग्रावेलको काम भैरहेको छ । ३ करोड खर्चने गरी उक्त काम सुरु भएको हो । सडक अवरुद्ध हुन नदिन ठाँउठाँउमा कामदारहरु खटिएका छन् । कालिकोट सिमा नजिकसम्म सडकको ट्याक खोल्ने काम भैइरहेको जिविस ¥याप – ३ का प्रमुख दिपक ढकालले बताए । ‘कडा चटान भएको भाग फोडिसक्यो,’ उनले भने,’ अहिले महावु लेकतिरको भागमा काम भैरहेको छ ।’ गितञ्जली जोभी जेभीले २ करोड २६ लाखमा ठेक्का लिई महावुतिरको भागमा रहेको कडा चट्टान फोडेको हो । असारसम्म सक्ने गरी गिताञ्जली जेभीले कामको रफ्तार बढाएको छ ।

यो सडक छोटो र सजिलो भएकाले निकै महोत्वकांक्षी रुपमा लिइएको छ । जिविस÷¥याप – ३ ले महावु सडक मर्मत तथा ट्याक खोल्ने काम गर्ने गरेको छ । सडकसँगै संस्थाहरु मार्फत आसपासका बासिन्दाको जिविकोपार्जनका लागि आर्यआर्जनका क्रियाकपाल पनि गरिएको छ । छोटो र सजिलो भएकाले यो सडक कर्णाली छिर्ने फास्ट ट्याक समेत रहेको छ । दैलेख सदरमुकाम हुँदै कालिकोट जोड्ने अन्तिम विन्दु नजिक रहेको लिस्ने भिर पनि फोडिसकेकाले यो वर्षभित्रै महावु सडक पुग्ने जिविसले जनाएको छ । यो भिर सवैभन्दा कठिन भिर हो । यहाँ ट्याक खोलिएसँगै अव कर्णाली जोड्न कठिन नभएको प्राविधिक बताउँछन् । १९ मिटर भिरमा ७ मिटर कडा चटान फोडेर ट्याक खोलेको हो । मेशिन लगाएर उक्त भिड् फोडिएको निर्माण कम्पनीले जनाएको छ । अव महावु पुग्न ४ किलोमिटर बाँकी रहेको जनाइएको छ । कर्णालीका जनतालाई सहजता हुनुको साथै दैलेखको विकासमा यो खुलेसँगै फड्को मार्ने स्थानीय विकास अधिकारी हरि प्याकुरलेले बताए ।

साभारः नागरिक अनलाइन